नक्कली नोटसहित दुई युवा पक्राउ

सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ बाट प्रहरीले नक्कली नोटसहित लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डितलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो । [...] The post नक्कली नोटसहित दुई युवा पक्राउ appeared first on Jhapa Online.

May 20, 2025 - 03:55
 0
नक्कली नोटसहित दुई युवा पक्राउ

सर्लाही, ६ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–६ बाट प्रहरीले नक्कली नोटसहित लालबन्दी नगरपालिका–६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका–४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डितलाई पक्राउ गरेको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक मेथुल यादवको टोलीले पक्राउ गरेको उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

The post नक्कली नोटसहित दुई युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register