इसेवामा ह्याकर पस्दा प्रयोगकर्ताको रकम गोलमाल, १० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म गायब !

काठमाडौँ । नेपालको सबैभन्दा बढी समस्या आउने डिजिटल वालेट इसेवा सोमबार ह्याकरले केही समय कब्जा गर्दा प्रयोगकर्ताको १० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म गायब भएको पाइएको छ । सोमबार दिउँसोदेखि समस्या आएको इसेवाबाट प्रयोगकर्ताको रकम चोरिएको हो । इसेवामा दिउँसोदेखि समस्या देखिए पनि कम्पनीले यश विषयमा सामान्य जानकारीसमेत प्रयोगकर्तालाई दिएको छैन । यस अघि इसेवाको सेवामा […]

May 20, 2025 - 02:45
 0
इसेवामा ह्याकर पस्दा प्रयोगकर्ताको रकम गोलमाल, १० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म गायब !

काठमाडौँ । नेपालको सबैभन्दा बढी समस्या आउने डिजिटल वालेट इसेवा सोमबार ह्याकरले केही समय कब्जा गर्दा प्रयोगकर्ताको १० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म गायब भएको पाइएको छ । सोमबार दिउँसोदेखि समस्या आएको इसेवाबाट प्रयोगकर्ताको रकम चोरिएको हो ।

इसेवामा दिउँसोदेखि समस्या देखिए पनि कम्पनीले यश विषयमा सामान्य जानकारीसमेत प्रयोगकर्तालाई दिएको छैन । यस अघि इसेवाको सेवामा समस्या आउँदा कम्पनीले प्रयोगकर्तालाई जानकारी दिने गरेको थियो । तर, समस्या आउने क्रम नरोकिँदा चौतर्फी गाली खान थालेपछी इसेवाले जानकारी दिने क्रम रोकेको थियो । 

कुल कति प्रयोगकर्ताको कति रकम गोलमाल भयो भन्ने यकिन नभएको इसेवाका कर्मचारीहरु बताउँछन् । इसेवाले प्रयोगकर्ताको पैसा हराएको चौतर्फी गुनासो आएपछि गुनासो सुन्ने नम्बर उठाउन समेत छोडेको छ । 

इसेवा बिग्रने रफ्तार बढेपछि अहिले इसेवा अनस्टल गर्नेहरुको संख्या बढेको छ । सोमबार मात्र इसेवा एक लाख बढिले अनस्टल गरेको देखिएको इसेवाका प्राविधिकहरुको दाबी छ । यधपि यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा इसेवाका सिइओ जगदिश खड्का सम्पर्कमै आउन चाहिरहेका छैनन् । 

इसेवा बिग्रने क्रमले दिनानुदिन नयाँ रेकर्ड राख्दा इसेवा दक्षिण एशियाकै सबैभन्दा बढी बिग्रने दिजिटल मोबाइल वालेट बनेको छ । बारम्बार बिगृरहेपछि इसेवामा मोबाइल बैंक खाता लिंक गर्नेहरुको खाताबाट सबै पैसा ह्याक हुने जोखिमसमेत बढेको छ । यश अघि इसेवाकै माउ कम्पनी एफ वान सफ्टको बैंक खाताबाट करोडौँ रुपैँया ह्याक भएको थियो । सो रकम अहिलेसम्म फिर्ता भएको छैन ।

इसेवामा समस्या देखिएपछि अन्य मोबाइल वालेटमा भने चाप बढेको छ । इसेवामा पैसा राख्न निकै ठुलो जोखिम देखेपछि अहिले प्रयोगकर्ता आइएमई पे, खल्ती जस्ता डिजिटल वालेटमा झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register