इप्पानको ‘अप्रमाणित आरोप’ पछि एक्सनमा धितोपत्र बोर्ड, ९० रुपैयाँ नेटवर्थ नपुगेका कम्पनी आईपीओको प्रक्रियाबाटै आउट !

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संगठन इप्पानले बोर्ड अध्यक्षले बिचौलिया लगाएर घुस मागेको अप्रमाणित आरोप लगाएपछि धितोपत्र बोर्ड पनि एक्सनमा उत्रिएको छ । बोर्डले   ९० रूपैयाँ नपुगेको १४ कम्पनीलाई आवेदन प्रक्रियाबाट नै हटाएर जवाफ फर्काएको हो । २०८१ जेठमा लेखा समितिले प्रतिसेयर ९० रूपैयाँ नेटवर्थभन्दा कम भएका कम्पनीको सेयर जारी गर्न रोक्का गरेको थियो। तर […]

May 19, 2025 - 16:57
 0
इप्पानको ‘अप्रमाणित आरोप’ पछि एक्सनमा धितोपत्र बोर्ड, ९० रुपैयाँ नेटवर्थ नपुगेका कम्पनी आईपीओको प्रक्रियाबाटै आउट !
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संगठन इप्पानले बोर्ड अध्यक्षले बिचौलिया लगाएर घुस मागेको अप्रमाणित आरोप लगाएपछि धितोपत्र बोर्ड पनि एक्सनमा उत्रिएको छ । बोर्डले   ९० रूपैयाँ नपुगेको १४ कम्पनीलाई आवेदन प्रक्रियाबाट नै हटाएर जवाफ फर्काएको हो ।

२०८१ जेठमा लेखा समितिले प्रतिसेयर ९० रूपैयाँ नेटवर्थभन्दा कम भएका कम्पनीको सेयर जारी गर्न रोक्का गरेको थियो। तर इप्पानले भने, बोर्ड अध्यक्षको बदनाम गरेर दबाब दिन खोजेको थियो । इप्पानको प्रयासविपरित बोर्डले उल्टै एक्सनमा उत्रिएर इप्पानलाई जवाफ दिएको हो ।

अव ९० रुपैयाँ नेटवर्थ पुगेका कम्पनीहरुले मात्र आइपीओको स्वीकृति पाउने भएका छन् । नेटवर्थ नपुगेका कम्पनीमा अधिकांश जलविद्युत कम्पनी  छन्। त्यसबाहेक यसअघि अनुमति प्रक्रियामा रहेका प्रभु हेलिकप्टर, कान्तिपुर टेलिभिजन, एकर्ड फर्मा, अन्नपूर्ण केबुलकार लगायत पनि पाइपलाइनको सूचीबाटै हटेको छ ।

बोर्डको निर्णयसँगै इप्पानको नेतृत्वको इप्पानभित्रैबाट विरोध सुरु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register