संस्कृत विद्यालय आर्थिक समस्यामा

दयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित शान्तिधाममा रहेको जिल्ला कै पहिलो र एकमात्र संस्कृत विद्यालयका रुपमा रहेको श्री त्रियुगा वैदिक हंस अमर गुरु कुलम संस्कृत विद्यालय आर्थिक सङ्कटमा गुज्रँदै सञ्चालनमा रहेको छ । २०७३ सालमा स्थापना भएको सो विद्यालय स्थापनाकालागि पण्डित गिरीराज खतिवडाको महत्त्वपूर्ण योगदान रहेको र उहाँकै भूमिका, निगरानी र आवश्यक समन्वयमा दाताहरुको […]

May 19, 2025 - 18:02
 0
संस्कृत विद्यालय आर्थिक समस्यामा

दयपुर । 

उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित शान्तिधाममा रहेको जिल्ला कै पहिलो र एकमात्र संस्कृत विद्यालयका रुपमा रहेको श्री त्रियुगा वैदिक हंस अमर गुरु कुलम संस्कृत विद्यालय आर्थिक सङ्कटमा गुज्रँदै सञ्चालनमा रहेको छ ।

२०७३ सालमा स्थापना भएको सो विद्यालय स्थापनाकालागि पण्डित गिरीराज खतिवडाको महत्त्वपूर्ण योगदान रहेको र उहाँकै भूमिका, निगरानी र आवश्यक समन्वयमा दाताहरुको सहयोगबाट हालसम्म सञ्चालन हुँदै आएको छ । 

विद्यालयका प्रधानाध्यापक टंकप्रसाद गुरागाईका अनुसार कक्षा ४देखि १०सम्म पढाई हुने यस विद्यालयमा हाल ६५ जना विदार्थीहरु अध्ययन गर्ने र १० जना शिक्षकहरु रहेका छन् ।

खासगरी हाम्रो सनातन धर्मको आस्थाको केन्द्र तथा धरोहर भएकोले यसको संरक्षण संवद्र्धन र समृद्धिकालागि तीनै तहका सरकार, स्थानीय नागरिक समाज, स्थानीय संघ संस्था लगायतका सबै पक्षको प्रयास तथा पहल अति आवश्यक रहेको प्रअ गुरागाईँले बताए ।

संघीयता कार्यान्वयन हुनु भन्दा पहिले तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट सहमती लिएर सञ्चालन भएको र हाल संघीयता कार्यान्वयनमा आएपछि स्थानीय तहबाट सहमती लिएर सञ्चालनमा रहेको यस विद्यालयले संरचना निर्माण गरेको जग्गा ४ विघा रहेको र उक्त जग्गा त्रियुगा नगरपालिकाको भोगाधिकारमा रहेको प्रअ गुरागाईँले बताए ।

नेपालका विभिन्न २२ जिल्लाका विद्यार्थीहरु अध्ययनरत विद्यालयमा दैनिक ८० जनालाई निःशुल्क चिया, खाजा तथा बिशान बेलुकाको खानाको व्यवस्थापन गर्न नै आर्थिक संकट व्यहोर्नु परेको प्रअ गुरागाईँले बताए । 

अहिलेसम्म नागरिक समाजको सहयोग प्राप्त भएको र भविष्यमा पनि यसरी नै सहयोग प्राप्त भै रहने आशा व्यक्त गर्दै प्रअ गुरागाईँले विद्यालयको कक्षा कोठाकालागि भवनको टड्कारो आवश्यकता छ भने दैनिक रुपमा बटुकहरु र शिक्षक कर्मचारीहरुकालागि भोजन व्यवस्थापनमा समस्या भइरहेको बताए ।

वर्षभरिकालागि दाल, चामल, नुन, तेल, तरकारी, दूध, दही, घ्यू तथा दैनिक उपभोग्यतामा आवश्यक पर्ने शाकाहारी खाद्यान्नको व्यवस्थापनमा आर्थिक रुपले समस्या भएको बताए ।

आगामी दिनमा स्थानीय तहको स्वीकृति लिएर कक्षा १२ सम्म संस्कृतको पढार्य जिल्ला मै सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै प्रअ गुरागाईँले २०८१ सालदेखि एसइई परीक्षा पहिलो पटक दिएको र नेपाली अंग्रेजी गणित अनिवार्य विषय रहेको छ भने संस्कृत व्याकरण, संस्कृत भाषा, कर्मकाण्ड,वेद लगायतका विषय पठन पाठन हुने गरेको बताए । 

यस विद्यालयलाई हालको अवस्थाबाट स्तरोन्नति गर्दै नमुना स.सकृत विद्यालयका रुपमा विकसित गर्दे लैजाने दीर्घ कालिन सोच अनुसार सबैको सद्भावपूर्ण सहयोगले यसको विकास तथा विस्तार सम्भव हुने प्रअ गरागाईले बताए ।

हाल विद्यालय संचालनकालागि जो सुकैले पनि आफ्नो शुभ जन्मोत्सव। विवाह वर्षगाँठ तथा पितृ उद्धारकालागि भोजन उपलब्ध गराउने दिन निश्चित गरेर सहयोग उपलब्ध गराउने दाताहरुकालागि विद्यालयले सम्बन्धित व्यक्तिलाई आजीवन भोजनदाता अभिभावकका रुपमा मानेर सो सम्बन्धि परिचय कार्ड उपलब्ध गराउने छ । यसकालागि केही शर्तहरु रहेको जानकारी दिँदै प्रअ गुरागाईँले एक दिनको भोजनको रु.५ हजारको रसिद अनिवार्य काट्नु पर्ने छ । ५ हजार १ भन्दामाथि  दाताहरुको इच्छा अनुसार रकम थप गर्न सकिने छ । नगदको सट्टामा खाद सामाग्री उपलब्ध गराउनु हुने दाताहरुले चामल कम्तीमा २५ किलोग्राम, दाल ४ केजी मसुरो बाहेक, तेल १ लिटर, तरकारी दुध दही आवश्यकतानुसार उपलब्ध गराउनु पर्ने बताए ।

उक्त शर्त अनुसार दाता अभिभावकले प्रत्येक वर्ष नगद वा जिन्सी तोकको मिति र समयमा उपलब्ध गराउनु पर्ने छ । तोकेको नगद तथा जिन्सी समय अनुसार परिवर्तन हुन सक्ने जानकारी दिँदै प्रअले विद्यालयलाई दिगो रुपले सञ्चालन गर्न दाताहरुको खोजी भइरहेको बताए  ।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register