इसेवाको कोर सिष्टम नै ह्याकरको कब्जामा, कारोबार ठप्प !

काठमाडौँ ।  मोबाइल वालेट सर्भिस प्रदायक ई-सेवाको कोर सिष्टमलाई ह्याकरले केहि समय नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो ह्यकरको प्रवेश गर्दा सिष्टममा समस्या आएको छ भने इसेवामा कारोबार ठप्प भएको छ । इसेवामा कार्यरत एक उच्च तहका प्राविधिक अनुसार ह्याकरबाट सिष्टम नियन्त्रणमा लिईसकिएको भए पनि, सिष्टममा विभिन्न बग देखिएका कारण कारोबार सूचारु हुन सकेको छैन । […]

May 19, 2025 - 16:27
 0
इसेवाको कोर सिष्टम नै ह्याकरको कब्जामा, कारोबार ठप्प !
काठमाडौँ ।  मोबाइल वालेट सर्भिस प्रदायक ई-सेवाको कोर सिष्टमलाई ह्याकरले केहि समय नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो ह्यकरको प्रवेश गर्दा सिष्टममा समस्या आएको छ भने इसेवामा कारोबार ठप्प भएको छ ।
इसेवामा कार्यरत एक उच्च तहका प्राविधिक अनुसार ह्याकरबाट सिष्टम नियन्त्रणमा लिईसकिएको भए पनि, सिष्टममा विभिन्न बग देखिएका कारण कारोबार सूचारु हुन सकेको छैन ।
इसेवामा यस अघि पनि यस्तो समस्या थुप्रै पटक आउने गरेको थियो । ई-सेवा खोल्दा लग इन नहुने, लग इन भए पनि कारोबार नहुनेलगायतका समस्या देखिएका छन् ।

‘ह्याकरको कब्जाबाट हामीले सिष्टम आफ्नो नियन्त्रणमा लिईसकेका छौँ । तर, कारोबार भने हुन सकेको छैन । ह्याकरले सिष्टममा छिरेका कारण आईपरेका बगहरु फिक्स गर्ने क्रम जारी छ ।’ ती कर्मचारीले अर्थ सरोकारसँग भने, ‘प्रयोगकर्ताको रकम तलमाथि भएको-नभएको विषयमा पनि अनुसन्धान गर्दैछौं ।’

इसेवा ह्याक भएको विषय नेपाल राष्ट्र बैंकलाई मौखिक रुपमा गईसकेको छ । राष्ट्र बैंकले पनि यस विषयमा विवरण पठाउन निर्देशन दिईसकेको छ ।
यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा इसेवाका सीइओ जगदीश खड्का सम्पर्कमा आएनन् । उनी इसेवाको सीइओ भएपछि लगातार वालेटमा समस्या आईरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register