वेबसाइटबाट पनि भ्वाइस र भिडिओ कल गर्न मिल्ने सुविधा ल्याउँदै ह्वाट्सएप
काठमाडौँ । चर्चित मेसेजिङ एप ह्वाट्सएपले वेब संस्करणमार्फत पनि भ्वाइस र भिडिओ कलिङको सुविधा दिने संकेत गरेको छ । ह्वाट्सएपको अपडेटबारे जानकारी दिने ‘डब्लूएबेटा इन्फो’ का अनुसार ह्वाट्सएपको वेब संस्करणमा अब कल गर्ने आइकनहरू देखिन थालेका छन् । यसले वेब ब्राउजरमै बसेर सिधै कल गर्न मिल्ने सम्भावना देखिएको छ । हालसम्म ह्वाट्सएप प्रयोगकर्ताले मोबाइल एप वा डेस्कटपका लागि छुट्टै एप डाउनलोड गरेर मात्र भ्वाइस वा भिडिओ कल गर्न पाउँछन् । अघिल्लो महिनाको अपडेटमा ह्वाट्सएपले प्राइभेट र ग्रुप च्याटमा भ्वाइस र भिडिओ कल ...

What's Your Reaction?






