दुर्घटनामा परेको अवस्थामा इनड्राइभ प्रयोगकर्ताले कति पाउँछन् क्षतिपूर्ति ?
काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले नेपालमा आफ्ना प्रयोगकर्ताका लागि दुर्घटना बीमा सुविधा ल्याएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा इनड्राइभले चालक र यात्रुलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षा दिन यस्तो सेवा ल्याएको हो । हालै भएको सम्झौतापत्रमा इनड्राइभकी नेपाल प्रतिनिधि रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । बीमा योजनाअन्तर्गत कुनै दुर्घटनाका कारण चालक वा यात्रुको मृत्यु भएमा आठ लाख रुपैयाँ ब...

What's Your Reaction?






