पेस्तोल पड्काउँदै नाचेकी जसपाकी नेतृ सिंहलाई प्रहरीले छाड्यो

सप्तरी। बैबाहिक समारोहमा पेस्तोल पड्काउँदै नाचेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले सोधपुछपछि छाडेको छ । सप्तरी जिल्ला प्रहरी कार्यालयले उनलाई बयानका लागि बोलाएको थियो । प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको पेस्तोल बारुद मात्रै पड्किने किसिमको ‘ब्ल्याङ्क फायर’ पिस्टल भएको पुष्टि भएपछि कागजी प्रक्रिया गरी छाडिएको प्रहरीले जनाएको छ […]

May 1, 2025 - 16:21
 0
पेस्तोल पड्काउँदै नाचेकी जसपाकी नेतृ सिंहलाई प्रहरीले छाड्यो

सप्तरी।

बैबाहिक समारोहमा पेस्तोल पड्काउँदै नाचेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले सोधपुछपछि छाडेको छ ।

सप्तरी जिल्ला प्रहरी कार्यालयले उनलाई बयानका लागि बोलाएको थियो । प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको पेस्तोल बारुद मात्रै पड्किने किसिमको ‘ब्ल्याङ्क फायर’ पिस्टल भएको पुष्टि भएपछि कागजी प्रक्रिया गरी छाडिएको प्रहरीले जनाएको छ ।

घटना सर्लाहीको भएको हुँदा बाँकी अनुसन्धान सर्लाही प्रहरीले अघि बढाउने बताइएको छ । यादवले ११ वैशाखमा मलंगवाको भाँड्चौरमा भएको हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएकी थिइन् ।

भिडिओ भाइरल भएपछि उनी प्रहरी निगरानीमा आएकी थिइन् । उनकै बयानका आधारमा सर्लाहीका अञ्जनी कुमारको घरबाट प्रहरीले सो पिस्टल बरामद गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register