जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

अर्घाखाँची। सन्धिखर्क नगरपालिका-१ गुन्टेखोलास्थित सोही नगरपालिका-४ वाङ्ला बस्ने अशोक श्रेष्ठको पौरखी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय जुठे मिया समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १ लाख ३४ हजार ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो […]

Feb 3, 2025 - 11:35
 0
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

अर्घाखाँची।

सन्धिखर्क नगरपालिका-१ गुन्टेखोलास्थित सोही नगरपालिका-४ वाङ्ला बस्ने अशोक श्रेष्ठको पौरखी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ५१ वर्षीय जुठे मिया समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १ लाख ३४ हजार ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अशोकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register