दिल्लीमा भारी वर्षा : १०० भन्दा बढी उडान अवरुद्ध, घर भत्किएर ४ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी दिल्लीमा शुक्रबार बिहान भारी वर्षा भएको छ । आँधीबेहरीसँगै भएको वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । समाचार संस्था […]

May 2, 2025 - 07:37
 0
दिल्लीमा भारी वर्षा : १०० भन्दा बढी उडान अवरुद्ध, घर भत्किएर ४ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी दिल्लीमा शुक्रबार बिहान भारी वर्षा भएको छ ।

आँधीबेहरीसँगै भएको वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

भारी वर्षापछि दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । समाचार संस्था पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडान डाइभर्ट गरिएको छ भने १०० भन्दा बढी उडानमा ढिलाइ भएका छन् ।

एक अधिकारीले पीटीआईलाई बताएअनुसार दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडान जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको थियो ।

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडको एक्समा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख गरेको छ । यद्यपि, खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएको बताइएको छ ।

विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानका बारेमा जानकारीका लागि सम्बन्धित एअरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ ।

‘हामीलाई बिहान ५ः२५ बजे नजफगढको खरखारी नाहर गाउँमा घर भत्किएको बारेमा फोन आयो । हामीले घटनास्थलमा धेरै टोली खटायौं र भग्नावशेषबाट चार जनालाई उद्धार गर्यौं,’ दिल्ली अग्नि सेवाका एक अधिकारीले पीटीआईलाई बताए ।

अधिकारीले उनलाई नजिकैको अस्पताल लगिएको र डाक्टरहरूले मृत घोषणा गरेको बताए ।

वर्षाका कारण दिल्ली एनसीआरका धेरै ठाउँमा पानी जमेको थियो, धेरै रुख ढलेका थिए र मानिसहरूले ट्राफिक जामको सामना गर्नुपरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register