शितलहरका कारण महोत्तरीका १४ स्थानीय तहको विद्यालय बन्द

जनकपुरधाम । महोत्तरीका १५ स्थानीय तहमध्ये १४ स्थानीय तहले बढ्दो शितलहरबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने भन्दै सामुदायिक र संस्थागत विद्यालयहरूमा जाडो बिदा दिएको छ । बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिएको हो । हुस्सु र शितलहरले बालबालिकालाई विद्यालय आउँदा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै जाडो बिदा दिएका हुन् । गौशाला नगरपालिकाले भने […]

Jan 8, 2025 - 16:27
 0
शितलहरका कारण महोत्तरीका १४ स्थानीय तहको विद्यालय बन्द

जनकपुरधाम । महोत्तरीका १५ स्थानीय तहमध्ये १४ स्थानीय तहले बढ्दो शितलहरबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने भन्दै सामुदायिक र संस्थागत विद्यालयहरूमा जाडो बिदा दिएको छ ।

बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिएको हो । हुस्सु र शितलहरले बालबालिकालाई विद्यालय आउँदा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै जाडो बिदा दिएका हुन् ।

गौशाला नगरपालिकाले भने हालसम्म बिदा नदिएको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुरले जानकारी दिए । अन्य पालिकाले अवस्थाअनुसार २२ पुसदेखि १ माघसम्म बिदा दिएका हुन् ।

मनरा सिस्वा नगरपालिकाले २४ देखि २९ पुससम्म, पिपरा गाउँपालिकाले २२ देखि २९ पुससम्म, महोत्तरी गाउँपालिकाले २४ देखि २६ पुससम्म, एकडारा गाउँपालिकाले २४ पुसदेखि १ माघसम्म, जलेश्वर नगरपालिकाले २३ देखि २९ पुससम्म, भंगहा नगरपालिकाले २४ देखि २९ पुसम्म, मटिहानी नगरपालिकाले २२ देखि २९ पुससम्म, लोहारपट्टी नगरपालिकाले २२ पुसदेखि १ माघसम्म, बल्वा नगरपालिकाले २३ देखि २९ पुससम्म, सम्सी गाउँपालिकाले २४ देखि २९ पुससम्म, सोनमा गाउँपालिकाले २४ देखि २९ पुससम्म, औरही नगरपालिकाले २५ देखि २९ पुससम्म, रामगोपालपुर नगरपालिकाले २४ देखि २९ पुससम्म र बर्दिवास नगरपालिकाले २५ देखि २९ पुससम्म जाडो बिदा दिएका छन् ।

केही पालिकाले शितलहरले दैनिक ज्यालादारी गर्ने र विभिन्न कारण घरबाट निस्कनु पर्नेहरूका लागि विभिन्न चोक तथा वस्तीमा सामुहिक घुर (आगो ताप्ने ) व्यवस्था गरेका छन् । बर्दिवास नगरपालिका, रामगोपालपुर नगरपालिकासहित केही स्थानीय तहमा दाउरा बालेर घुरको व्यवस्था सुरु भैसकेको छ भने केहि पालिकामा दाउराको जोहो भैरहेको सम्बन्धित पालिकाले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register