पेट्रोलियम गाडीमा युरो–६ लागू हुने, डिजिटल बैंक स्थापना गरिने

काठमाडौं । पेट्रोलियम गाडीमा युरो–६ लागू गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा युरो–६ लागू गरिने बताएका हुन् । उनले भने, ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब […]

May 2, 2025 - 11:19
 0
पेट्रोलियम गाडीमा युरो–६ लागू हुने, डिजिटल बैंक स्थापना गरिने

काठमाडौं । पेट्रोलियम गाडीमा युरो–६ लागू गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा युरो–६ लागू गरिने बताएका हुन् ।

उनले भने, ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिनेछ । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ ।’

यसैगरी सरकारले डिजिटल बैंक स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।

‘सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ । नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

यसैगरी सरकारले विद्यालय शिक्षा ऐन बनाउने भएको छ । विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाइने भएको हो ।

राष्ट्रपति पौडेलले विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध पनि गरिने बताए । उनले उद्यमशीलतामैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको र पाठ्यक्रममा सुधार गरिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register