झापा गाउँपालिकामा गाई गोठमा आगलागी

झापा, १९ बैशाख । झापाको झापा गाउँपालिका–७ स्थित झागडटोलमा आगलागी भएको छ । आज दिउँसो १ः३० बजेको समयमा झापा गाउँपालिका–७ बस्ने गोविन्द सिंह क्षेत्रीको टाटी बेरा, फुसको छानो भएको भान्सा घर र घरसँगै जोडिएको गाई गोठमा आगलागी भएको हो । अचानक चुलोबाट आगो सल्कीएर आगलागी भएको भन्ने २ बजेको समयमा प्रहरी चौकी शरणामतिमा जानकारी प्राप्त [...] The post झापा गाउँपालिकामा गाई गोठमा आगलागी appeared first on Jhapa Online.

May 2, 2025 - 15:56
 0
झापा गाउँपालिकामा गाई गोठमा आगलागी

झापा, १९ बैशाख । झापाको झापा गाउँपालिका–७ स्थित झागडटोलमा आगलागी भएको छ ।

आज दिउँसो १ः३० बजेको समयमा झापा गाउँपालिका–७ बस्ने गोविन्द सिंह क्षेत्रीको टाटी बेरा, फुसको छानो भएको भान्सा घर र घरसँगै जोडिएको गाई गोठमा आगलागी भएको हो । अचानक चुलोबाट आगो सल्कीएर आगलागी भएको भन्ने २ बजेको समयमा प्रहरी चौकी शरणामतिमा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोली गएर स्थानिय र प्रहरीको सहयोगमा २ः४५ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट गोठ, भान्सा घरमा रहेको भाडा वर्तन पूर्ण रुपमा जलेर नष्ट र उक्त आगलागीबाट अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागीका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापा गाउँपालिकामा गाई गोठमा आगलागी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register