दशनामी बिर्तामोडले मनायो कुल गुरु शंकराचार्यको जन्मजयन्ती
बिर्तामोड, १९ बैशाख । नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिले कुल गुरु शंकराचार्यको १२३७ औं जन्म जयन्ती मनाएको छ । समाजले शुक्रबार बिर्तामोडस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जन्म जयन्ती मनाएको हो । समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष खेमराज गिरीले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष विदुर गिरी, सदस्य रणवहादुर [...] The post दशनामी बिर्तामोडले मनायो कुल गुरु शंकराचार्यको जन्मजयन्ती appeared first on Jhapa Online.

बिर्तामोड, १९ बैशाख । नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिले कुल गुरु शंकराचार्यको १२३७ औं जन्म जयन्ती मनाएको छ ।
समाजले शुक्रबार बिर्तामोडस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जन्म जयन्ती मनाएको हो । समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष खेमराज गिरीले गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष विदुर गिरी, सदस्य रणवहादुर गिरी, नगरका प्रेस सल्लाहकार उद्धव पुरी, सदस्य माया गिरी लगायतले शंकराचार्यको तस्वीरमा माल्यार्पण गर्दै पुष्प गुच्छा अर्पण गरेका थिए । कार्यक्रमको संचालन सचिव प्रजीत पुरीले गरेका थिए । दशनामी समाज बिर्तामोड नगर समितिले प्रत्येक बर्ष दशनामीका कूलगुरु शंकराचार्यको जन्मजयन्ती मनाउँदै आएको छ ।
The post दशनामी बिर्तामोडले मनायो कुल गुरु शंकराचार्यको जन्मजयन्ती appeared first on Jhapa Online.
What's Your Reaction?






