हल्दिबारीमा २२९ जोडीको सम्बन्धविच्छेद

नेत्रविक्रम बिमलीहल्दिबारी, १९ वैशाख । हल्दीबारी गाउँपालिकामा बैशाख १९ गतेसम्म २२९ जनाले सम्बन्धविच्छेद गरेर विभिन्न वडाबाट प्रमाणपत्र लिएका छन् । गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार आव २०७४÷०७५ देखि वैशाख १८ गतेसम्म हल्दिबारी गाउँपालिकाका विभिन्न वडाबाट २२९ जनाले सम्बन्धविच्छेद गरी प्रमाणपत्र लिएका हुन् । उनका अनुसार अदालतबाट सम्बन्धविच्छेद गरी विभिन्नि वडाबाट सम्बन्धविच्छेदको [...] The post हल्दिबारीमा २२९ जोडीको सम्बन्धविच्छेद appeared first on Jhapa Online.

May 2, 2025 - 16:08
 0
हल्दिबारीमा २२९ जोडीको सम्बन्धविच्छेद

नेत्रविक्रम बिमली
हल्दिबारी, १९ वैशाख ।
हल्दीबारी गाउँपालिकामा बैशाख १९ गतेसम्म २२९ जनाले सम्बन्धविच्छेद गरेर विभिन्न वडाबाट प्रमाणपत्र लिएका छन् ।

गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर वन (महेन्द्र) का अनुसार आव २०७४÷०७५ देखि वैशाख १८ गतेसम्म हल्दिबारी गाउँपालिकाका विभिन्न वडाबाट २२९ जनाले सम्बन्धविच्छेद गरी प्रमाणपत्र लिएका हुन् ।

उनका अनुसार अदालतबाट सम्बन्धविच्छेद गरी विभिन्नि वडाबाट सम्बन्धविच्छेदको प्रमाण पत्र लिनेको संख्या २२९ पुगेको हो । जस अनुसार वडा नं. १ मा ८६, वडा नं. २ मा ५२, वडा नं. ३ मा २७, वडा नं. ४ मा ३० र वडा नं. ५ मा ३४ जना रहेका छन् ।

पालिकाले दिएको जानकारी अनुसार सोही अवधिमा २२०६ जनाले विवाह दर्ता प्रमाणपत्र लिएका छन् । जस अनुसार वडा नम्बर १ मा ५७४ जना, वडा नम्बर २ मा ६१२ जना, वडा नं. ३ मा ३३७ जना, वडा नम्बर ४ मा ३७३ जना र वडा नम्बर ५ मा ३१० जना रहेका छन् ।

त्यस्तै, सोही अवधिमा हल्दिबारी गाउँपालिकाका पाँच वटा वडामा १६ सय ३३ जनाको मृत्यु दर्ता गरिएको छ । जस अनुसार वडा नम्बर १ मा २३७ पुरुष र १९६ महिला त्यस्तै वडा नम्बर २ मा २४५ पुरुष र १८३ महिला, वडा नम्बर ३ मा १३९ पुरुष र १०४ महिला, वडा नम्बर ४ मा १४० पुरुष र ११३ महिला र वडा नम्बर ५ मा १३६ पुरुष र १३९ महिला गरी १६ सय ३३ जनाको मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको हो ।

२०७४ को स्थानीय निर्वाचनपछि बनेको हल्दिबारी गाउँपालिकामा सोही अवधिमा २७११ बालक र २६१४ बालिका गरी ५३२५ जनाको जन्मदर्ता गरिएको छ।

सोही अवधिमा वडा नं १ मा ७२१ बालक र ६४२ बालिका, वडा नम्बर २ मा ७८७ बालक र ७२६ बालिका, वडा नं. ३ मा ३६६ बालक र ३८४ बालिका, वडा नम्बर ४ मा ४४८ बालक, र ४६९ बालिका र वडा नम्बर ५ मा ३८९ बालक र ३९३ जना बालिकाको जन्मदर्ता प्रमाणपत्र वितरण गरिएको हो ।

सोही अवधिमा ८७२ परिवारका २७४६ जना हल्बिारीमा बसाई सराई गरी विभिन्न वडामा आएका छन् भने ९२० परिवारका २९०८ जना हल्बिारीका विभिन्न वडाबाट अन्यत्र बसाईसराई गरी गएको देखिन्छ।

The post हल्दिबारीमा २२९ जोडीको सम्बन्धविच्छेद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register