बिर्तामोडको प्रसाईं मार्केटमा वाणिज्य संघको उपसमिति

झापा, १९ बैशाख । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा प्रसाई मार्केटमा चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा उपसमिति गठन भएको छ । व्यवसायी एकताका लागि प्रसाईको संयोजकत्वमा सल्लाहकारसहित २७ सदस्यीस प्रसाई मार्केट व्यवसायी उपसमिति गठन भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको भेलाले सो उपसमिति गठन गरेको हो । उपसमितिको कार्यअवधि बिर्तामोड [...] The post बिर्तामोडको प्रसाईं मार्केटमा वाणिज्य संघको उपसमिति appeared first on Jhapa Online.

May 2, 2025 - 16:14
 0
बिर्तामोडको प्रसाईं मार्केटमा वाणिज्य संघको उपसमिति

झापा, १९ बैशाख । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा प्रसाई मार्केटमा चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा उपसमिति गठन भएको छ ।

व्यवसायी एकताका लागि प्रसाईको संयोजकत्वमा सल्लाहकारसहित २७ सदस्यीस प्रसाई मार्केट व्यवसायी उपसमिति गठन भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको व्यवसायीहरुको भेलाले सो उपसमिति गठन गरेको हो । उपसमितिको कार्यअवधि बिर्तामोड उद्योग वाणिज्य संघ सरह नै रहने छ ।

गठित उपसमितिको सह संयोजकमा शत्रुधनप्रसाद गुप्ता, सचिव पंकजकुमार मित्तल, सहसचिव निकेशकुमार बिहानी र कोषाध्यक्षमा राजीव जैन रहेका छन् ।
उपसमितिको सदस्यमा श्यामसुन्दर वंशल, निरज वंशल, टीका गौतम, घनश्याम ढुङ्गाना, महादेव चौधरी, रवि वंशल, राकेश विन्दल, मो. एकताज, मोहन वंशल, हेमन्त अग्रवाल, विजयकुमार अग्रवाल र रोहित वंशल रहेका छन् ।

त्यस्तै, हनुमानप्रसाद मित्तल, गीताराम ढुङ्गाना, जगदीशप्रसाद मित्तल, मञ्जर अली, बाबुलाल अग्रवाल, घनश्याम चौधरी, प्रेमप्रसाद अग्रवाल, विष्णु अग्रवाल, बेदप्रसाद अग्रवाल र राजु वंशललाई सल्लाहकार समितिमा राखिएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए । सो अवसरमा नवगठित उपसमितिलाई डस्विन समेत प्रदान गरिएको छ । संघका अध्यक्ष न्यौपानेले उपसमिति संयोजक प्रसाईलाई फोहोर व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले आठ थान डस्विन प्रदान गरेका थिए । यस अघि हिकोला रोडमा समेत व्यवसायीहरुको भेलाले हिकोला रोड व्यवसायी उपसमिति गठन गरिएको छ ।

The post बिर्तामोडको प्रसाईं मार्केटमा वाणिज्य संघको उपसमिति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register