मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कारको आरोपमा पक्राउ

नयाँ दिल्ली, १८ चैत । भारतको महाकुम्भको मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । सनोजमाथि बलात्कारको गम्भीर आरोप लागेको हो । दिल्ली उच्च अदालतले उनको जमानत निवेदन खारेज गरेको थियो । त्यसपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीले सनोज मिश्रमाथि [...] The post मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कारको आरोपमा पक्राउ appeared first on Jhapa Online.

Mar 31, 2025 - 09:07
 0
मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कारको आरोपमा पक्राउ

नयाँ दिल्ली, १८ चैत । भारतको महाकुम्भको मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्ममा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । सनोजमाथि बलात्कारको गम्भीर आरोप लागेको हो ।

दिल्ली उच्च अदालतले उनको जमानत निवेदन खारेज गरेको थियो । त्यसपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको थियो । प्रहरीले सनोज मिश्रमाथि एउटा सानो सहरकी एक युवतीलाई धेरै पटक बलात्कार गरेको आरोप लगाएको बताएको छ । यी केटीले नायिका बन्ने सपना देखेकी थिइन् ।

सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर फोन गरेका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले दिएको पीडित महिलाले बताइन् । यस विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरी सनोजलाई पक्राउ गरेको छ ।

महाकुम्भमा भाइरल भएकी थिइन् मोनालिसा
महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गर्दा सनोज मिश्राको नाम चर्चामा आएको थियो । आफ्नो सुन्दरता, विशेषगरी आँखाका कारण मोनालिसा सामाजिक सञ्जालमा भाइरल भइन् । सनोज आफैँ मोनालिसाको घर गएर उनलाई फिल्मको लागि साइन गराए र उनको तालिम पनि सुरु गरेका थिए । तर अब यो गिरफ्तारीले मोनालिसाको फिल्मी करियर र छविमाथि प्रश्न उठाएको छ ।

प्रहरीले सनोजविरुद्ध पहिले पनि धेरै उजुरी परेको बताएको छ, तर यसपटक प्रमाणको आधारमा कारबाही गरिएको छ । दिल्ली उच्च अदालतले उनको जमानत अस्वीकार गर्दै मुद्दा गम्भीर छ र अनुसन्धान पूरा नभएसम्म उनलाई हिरासतमा राख्नुपर्छ भनेको छ । यो घटनाले चलचित्र क्षेत्रमा पनि तरङ्ग उत्पन्न गरेको छ ।एजेन्सी

The post मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कारको आरोपमा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register