किट विश्वविद्यालय मृत्यु प्रकरणमा परराष्ट्र मन्त्रालयले गर्‍यो दुःख व्यक्त

काठमाडौं । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु भएको घटनाप्रति परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ। मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दु:खद घटनाको सम्बन्धमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ। साथै, किट विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिको लागि आवश्यक […]

May 2, 2025 - 16:04
 0
किट विश्वविद्यालय मृत्यु प्रकरणमा परराष्ट्र मन्त्रालयले गर्‍यो दुःख व्यक्त

काठमाडौं । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु भएको घटनाप्रति परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।

मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दु:खद घटनाको सम्बन्धमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिएको छ। साथै, किट विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूतिको लागि आवश्यक समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा घटनाबारे नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतको विदेश मन्त्रालय, उडिसा सरकारका सम्बन्धित निकायहरू र विश्वविद्यालयका प्रतिनिधिहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको उल्लेख छ।

बिहीबार साँझ स्नातक प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया प्रिसा शाह होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register