आज दुई जना झापालीलाई ‘पूर्ण–टुङ्ग नागरिक सम्मान’ प्रदान गरिँदै

बिर्तामोड, २० बैशाख । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले आज पूर्ण–टुङ्ग नागरिक सम्मान–२०८१ दुई जना झापालीलाई प्रदान गर्दैछ । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानले आज झापाको मेचीनगर निवासी याम भण्डारी र भद्रपुर निवासी दिव्य भुर्तेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको हो । भद्रपुरमा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको २५ लाख रुपैयाँ २०२८ [...] The post आज दुई जना झापालीलाई ‘पूर्ण–टुङ्ग नागरिक सम्मान’ प्रदान गरिँदै appeared first on Jhapa Online.

May 3, 2025 - 02:57
 0
आज दुई जना झापालीलाई ‘पूर्ण–टुङ्ग नागरिक सम्मान’ प्रदान गरिँदै

बिर्तामोड, २० बैशाख । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले आज पूर्ण–टुङ्ग नागरिक सम्मान–२०८१ दुई जना झापालीलाई प्रदान गर्दैछ ।

पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा प्रतिष्ठानले आज झापाको मेचीनगर निवासी याम भण्डारी र भद्रपुर निवासी दिव्य भुर्तेललाई उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको हो ।

भद्रपुरमा मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको २५ लाख रुपैयाँ २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्रवीर विक्रम शाहमार्फत महेन्द्रलाई पठाइएको थियो । सो क्रममा भण्डारी र भुर्तेलले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो ।

सामाजिक रूपान्तरणका लागि उहाँहरुले भूमिका निर्वाह गर्नुभएको साहसिक कार्यको सम्मान स्वरुप प्रतिष्ठाने रू एक लाख एक हजार रुपैयाँसहितको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले बताउनुभयो । कार्यक्रम बिर्तामोडस्थित ग्रीनफिल्ड स्कुलको प्राङ्गणमा हुने रकार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य रहने यसअघि पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।

गत वर्ष आदर्श नागरिक सम्मानबाट नेपाली हाँस्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

The post आज दुई जना झापालीलाई ‘पूर्ण–टुङ्ग नागरिक सम्मान’ प्रदान गरिँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register