दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं । पत्रकार दिलभुसण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विद्युतीय कारोबार ऐनको कसुरमा पक्राउ गर्ने तयारीविरुद्ध पाठकले उच्च अदालत, पाटनमा निवेदन दिएका थिए । निवेदनमाथि सोमबार उच्च अदालतका न्यायाधीश ऋषिराज राजभण्डारीको इजलासले तत्काल पक्राउ नगर्न अन्तरिम अल्पकालीन आदेश दिएको हो । उच्च अदालत पाटनमा पाठकले दायर गरेको ण्डज्ञ(ध्इ(द्दटटज्ञ निवेदनको […]

Jun 16, 2025 - 13:05
 0
दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनको आदेश

काठमाडौं । पत्रकार दिलभुसण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विद्युतीय कारोबार ऐनको कसुरमा पक्राउ गर्ने तयारीविरुद्ध पाठकले उच्च अदालत, पाटनमा निवेदन दिएका थिए ।

निवेदनमाथि सोमबार उच्च अदालतका न्यायाधीश ऋषिराज राजभण्डारीको इजलासले तत्काल पक्राउ नगर्न अन्तरिम अल्पकालीन आदेश दिएको हो ।

उच्च अदालत पाटनमा पाठकले दायर गरेको ण्डज्ञ(ध्इ(द्दटटज्ञ निवेदनको विस्तृत विवरणको आदेशमा ‘अल्पकालीन अन्तरिम आदेश’ र ‘अआ छलफल’ भनेर लेखिएको छ । यसको अर्थ पाठकले निवेदनमा मागेको विषयको आधारमा तत्काल अदालतले आदेश दिएको भन्ने बुझिन्छ ।

तर, यो अल्पकालीन आदेशलाई निरन्तरता दिने नदिने भन्ने विषयमा भने अर्को सुनुवाइको समय तोकिने छ । त्यसको लागी अदालतले पक्राउ पुर्जी जारी गर्ने सरकारी पक्षलाई समेत सुनुवाइको लागी बोलाएको छ । यसको लागी सुनुवाइको मिति कहिले हुन्छ भन्ने मिति भने सार्वजनिक भएको छैन ।

काँग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटेलसँग लगानी गरेको भन्दै पाठकले भिडियो बनाएका थिए । त्यसविरुद्द जयवीरले पाठक विरुद्ध विरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए ।

त्यही उजुरीको आधारमा प्रहरीले ‘विद्युतीय कारोबार ऐन २०६३’ को दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।

पाठकले पक्राउ पुर्जी विरुद्ध दिएको निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाइएको छ । समाचारको विषयमा निरूपण गर्न प्रेस काउन्सिलसहितका निकाय भए बदनियतपूर्वक विद्युतीय कसुरमा मुद्दा चलाइएको जिकिर निवेदनमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register