सिद्धार्थनगर पूर्ण संस्थागत प्रसूति र खोप सेवायुक्त पालिका घोषणा

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा भएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधानसभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् । सिद्धार्थनगरले एकपछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको दाबी गर्दै उनले नियमित […]

May 27, 2025 - 15:58
 0
सिद्धार्थनगर पूर्ण संस्थागत प्रसूति र खोप सेवायुक्त पालिका घोषणा

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा भएको छ ।

मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधानसभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् ।

सिद्धार्थनगरले एकपछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको दाबी गर्दै उनले नियमित रुपमा खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाकै समन्वय, सहकार्य र प्रयासबाट मात्रै यो काम गर्न सहज भएको बताए । ‘महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने कुरामा पालिका सकारात्मक रहेकाले उक्त योजनालाई आगामी आर्थिक वर्षदेखि बजेटमा समावेश गर्नेछौं,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सबैको मेहनत र सहयोगले सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्न सफल भएको बताए । ‘कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी सिद्धार्थनगरले १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाइ पूर्ण खोप पाएको सुनिश्चित गरेको हो,’ उनले भने ।

कार्यक्रममा पालिकालाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणाका दुईवटा छुट्टाछुट्टै प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिक रुपन्देहीका संयोजक उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले उक्त प्रमाणपत्र नगर प्रमुख खाँलाई प्रदान गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register