काङ्ग्रेसले सकारात्मक र रचनात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले संसद्‌मा प्रस्तुत नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा शनिबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकले नीति तथा कार्यक्रमले देशको प्राथमिकतालाई केन्द्रमा राख्दै सुशासन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्ने सरकारको […]

May 3, 2025 - 13:40
 0
काङ्ग्रेसले सकारात्मक र रचनात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले संसद्‌मा प्रस्तुत नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा शनिबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकले नीति तथा कार्यक्रमले देशको प्राथमिकतालाई केन्द्रमा राख्दै सुशासन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्ने सरकारको मार्गचित्र स्पष्ट पारेको निष्कर्ष निकालेको छ ।

साथै, नीति तथा कार्यक्रमले प्रभावकारी र जवाफदेही सरकार बनाउने दिशामा मार्गदर्शन गरेको भन्दै काङ्ग्रेसले यसको कार्यान्वयनमा जोड दिएको छ ।

नीति तथा कार्यक्रमको कार्यान्वयन सुनिश्चित गर्न संसद्‌का समितिहरू जिम्मेवारीपूर्वक क्रियाशील रहन पनि पार्टीले सांसदहरुलाई निर्देशन दिएको छ ।

यसैगरी, बैठकले हालै भारतको ओडिसा राज्यस्थित कीआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रिशा साहको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ । घटनाबारे थप अनुसन्धानको माग गर्दै सरकारसँग गम्भीर ध्यानाकर्षण गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register