क्षिरेश्वरनाथकी उममेयर माथेमाको आरोप- मेयरको छोराले नगरपालिका चलाउँछ

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका निर्वाचित मेयर सुखदेव यादव नाम मात्रका प्रमुख बनेको र नगरपालिकाको सम्पूर्ण कामकाज उनको छोरा दिपेश यादवले सञ्चालन गर्ने गरेको गम्भीर आरोप उपमेयरसहित बहुमत वडाध्यक्षहरूले लगाएका छन्। जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाकी उपमेयर रचना श्रेष्ठ माथेमा र अन्य वडाध्यक्षहरूले मेयर यादव केवल कुर्सीमा मात्र बसेको तर वास्तविक शक्ति उनका छोरा […]

May 4, 2025 - 16:58
 0
क्षिरेश्वरनाथकी उममेयर माथेमाको आरोप- मेयरको छोराले नगरपालिका चलाउँछ

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका निर्वाचित मेयर सुखदेव यादव नाम मात्रका प्रमुख बनेको र नगरपालिकाको सम्पूर्ण कामकाज उनको छोरा दिपेश यादवले सञ्चालन गर्ने गरेको गम्भीर आरोप उपमेयरसहित बहुमत वडाध्यक्षहरूले लगाएका छन्।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाकी उपमेयर रचना श्रेष्ठ माथेमा र अन्य वडाध्यक्षहरूले मेयर यादव केवल कुर्सीमा मात्र बसेको तर वास्तविक शक्ति उनका छोरा दिपेश यादवको हातमा रहेको दाबी गरे। उनीहरूले दिपेश यादवको स्वीकृति बिना प्रमुख प्रशासकीय अधिकृत राम उदगार यादव र लेखा अधिकृत प्रमोद घिमिरेले कुनै पनि पत्रमा हस्ताक्षर नगर्ने गरेको बताए।

उपमेयर माथेमाले नगरपालिकाको विकासका कामहरू मेयर सुखदेव यादवले हचुवाको भरमा गर्न खोजेको र योजना सञ्चालनमा अनियमितता भए आफूले त्यसको जिम्मेवारी नलिने चेतावनी दिइन्। उनले मेयरले वडास्तरीय भेला नगरी र स्थानीयको सहभागिता बिना आफ्ना नजिकका व्यक्तिहरूलाई उपभोक्ता समितिमा राखेर काम गराउन खोजेको आरोप लगाउँदै त्यसमा कुनै अनियमितता भए त्यसको जिम्मेवार मेयर स्वयं हुने बताइन्।

मेयरले कार्यपालिकाको निर्णय अनुसार दुई जना इन्जिनियर र दुई जना ओभरसियर भर्ना नगरेको र बिना प्राविधिक योजना सञ्चालन गर्न खोजेको आरोप पनि उपमेयर माथेमाले लगाइन्। उनले लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीलाई हाजिर नगराई मेयरले मनपरी गर्न खोजेको दाबी गरिन्।

उपमेयर एवं न्यायिक समितिका संयोजक माथेमाले डेढ वर्षदेखि न्यायिक समितिलाई कामविहीन बनाइएको र मेयरको कार्यकालमा योजनाहरूको रेड बुकसमेत प्रकाशित नभएको बताइन्।

विभिन्न वडाध्यक्षहरूको तर्फबाट बोल्दै वडा नम्बर ४ का वडाध्यक्ष जगदीश यादवले मेयरको तीन वर्षे कार्यकाल मनमानी ढंगले चलेको र नगरसभाबाट पास भएको निर्णय विपरीत मेयरले काम गर्ने गरेको आरोप लगाए। उनले विकासका कामलाई सहज बनाउन प्राविधिक कर्मचारी भर्ना गर्न नचाहेको तर कार्यालय सहयोगी, नगर प्रहरी लगायत ४०० कर्मचारी भर्ना गर्न खोजेको दाबी गरे।

पत्रकार सम्मेलनमा उपप्रमुख माथेमा र वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत रामउद्गार अधिकारी र लेखा अधिकृत प्रमोद घिमिरेले आफूहरूसँग कुनै सल्लाह नगरी मेयरको इशारामा काम गर्ने गरेकोले दुवै जनाको सरुवा गर्न सरकारसँग माग गरे।

क्षिरेश्वरनाथ नगरपालिकाका निवर्तमान मेयर योगेन्द्र पजियारले वर्तमान मेयर निर्वाचित भएको तीन वर्षमा जनताले विकासको अनुभूति गर्न नपाएको र स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रहरू धराशायी बनेको बताए। उनले आफ्नो कार्यकालमा स्थापना भएको सर्पदंश अस्पताललाई कमजोर बनाउन खोजिएको र अस्पतालसहित अन्य स्वास्थ्य संस्थाहरूमा औषधि खरिद नहुने तर स्वास्थ्य शिविरको नाममा लाखौं रुपैयाँ खर्च हुने गरेको आरोप लगाए।

उपमेयर माथेमाले चालु आर्थिक वर्षमा नगरपालिकामा करिब २ सय योजनाका लागि २२ करोड रुपैयाँ विनियोजन भए पनि मेयरको कारण ती योजनाहरू सञ्चालन हुन नसक्ने अवस्था रहेको बताइन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register