देउवासँग छलफल गर्न अर्थमन्त्री बूढानीलकण्ठमा

नयाँ गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरिरहेका बेला गभर्नर सिफारिस गर्न बनेको समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले सोमबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । गभर्नर सिफारिस समितिबाट विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । तर, सिफारिस समितिको बैठक भने बस्न सकेको छैन […]

May 5, 2025 - 08:22
 0
देउवासँग छलफल गर्न अर्थमन्त्री बूढानीलकण्ठमा

नयाँ गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरिरहेका बेला गभर्नर सिफारिस गर्न बनेको समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले सोमबार सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

गभर्नर सिफारिस समितिबाट विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । तर, सिफारिस समितिको बैठक भने बस्न सकेको छैन ।

गनर्भनरमा कांग्रेस र एमाले दुवैको दाबी रहेकाले यो विषय पेचिलो बनेको छ । दुई दलबीच भागवण्डा नमिल्दा एक महिनाभन्दा लामो समयदेखि राष्ट्र बैंक कावा गभर्नरको भरमा ।

त्यसैले यही विषयमा छलफल गर्न अर्थमन्त्री सोमबार देउवानिवास पुगेका हुन् । तर, उनीहरूबीच यो विषयमा सहमति भयो वा भएन भन्ने विषय सार्वजनिक भइसकेको छैन ।

देउवानिवास बूढालीनलकण्ठमा उनीहरूबीच छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register