मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनुपर्ने, बालबालिकालाई अगाडि राख्न नपाइने

काठमाडौं । सरकारले मोटरसाइकल तथा दुई पाङ्ग्रे सवारी साधन चलाउँदा पछाडि बस्ने व्यक्तिले समेत हेल्मेट लगाउनुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ । सरकारले संसद्‌मा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा सो व्यवस्था उल्लेख छ । प्रतास्वनामा भनिएको छ, “मोटर साइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालक र […]

Mar 4, 2025 - 07:48
 0
मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनुपर्ने, बालबालिकालाई अगाडि राख्न नपाइने

काठमाडौं । सरकारले मोटरसाइकल तथा दुई पाङ्ग्रे सवारी साधन चलाउँदा पछाडि बस्ने व्यक्तिले समेत हेल्मेट लगाउनुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।

सरकारले संसद्‌मा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा सो व्यवस्था उल्लेख छ ।

प्रतास्वनामा भनिएको छ, “मोटर साइकल तथा अन्य त्यस्तै दुई पाङ्ग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप लगाउनुपर्नेछ ।”

साथै, दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्दा बालबालिकालाई चालकको अगाडि राख्न नपाइने व्यवस्था पनि प्रस्तावनामा उल्लेख छ ।

उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमिटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने व्यवस्था गरेको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register