शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा एकजना घाइते

झापा, २२ बैशाख । झापाको शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् । हिजो दिउँसो शिवसताक्षी नगरपालिका वडा नं– ९ चिल्लागढस्थित चिल्लागढ–बैंकडाँडा सडकखण्डमा कालोपत्रे गर्ने क्रममा पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा।लि। को ना ८ ख १३६४ नम्बरको अलकत्रा बोक्ने ट्रकमा अचानक आगलागी भएको हो । आगलागीबाट ट्रकको पछाडिको भाग जलेको छ । [...] The post शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा एकजना घाइते appeared first on Jhapa Online.

May 5, 2025 - 16:20
 0
शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा एकजना घाइते

झापा, २२ बैशाख । झापाको शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् ।

हिजो दिउँसो शिवसताक्षी नगरपालिका वडा नं– ९ चिल्लागढस्थित चिल्लागढ–बैंकडाँडा सडकखण्डमा कालोपत्रे गर्ने क्रममा पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा।लि। को ना ८ ख १३६४ नम्बरको अलकत्रा बोक्ने ट्रकमा अचानक आगलागी भएको हो । आगलागीबाट ट्रकको पछाडिको भाग जलेको छ ।

आगो निभाउने क्रममा सोही सडकमा काम गर्ने गौरीगञ्ज गाउँपालिका वडा नं। ४ बस्ने २५ वर्षीय ओम ताजपुरिया घाइते भएका छन् । कम्मरमुनि अगाडिको भाग जलेर घाइते भएका ताजपुरियालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएकोमा थप उपचारका लागि पारस अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्दाजी १८ लाख बराबरको क्षति भएको जनाइएको छ ।

The post शिवसताक्षीमा अलकत्रा बोकेको ट्रकमा आगलागी हुँदा एकजना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register