पवनदीपको हिप र तिघ्राकाे शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख

नयाँ दिल्ली । इन्डियन आइडलका विजेता उत्तराखण्ड निवासी पवनदीपको अमरोहामा दुर्घटनापछि हाल उपचार भइरहेको छ। यो घटना गत आइतबार राति भएको थियो र सोमबार पवन दीपलाई गम्भीर अवस्थामा नोएडाको सेक्टर–६२ स्थित फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो। मंगलबार पवनदीपको हिप र तिघ्राको हड्डीको शल्यक्रिया गरिएको छ । यसपछि पनि पवनदीपको अवस्था स्थिर रहेको जनाइएको छ। पवनदीपको […]

May 7, 2025 - 04:20
 0
पवनदीपको हिप र तिघ्राकाे शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख

नयाँ दिल्ली ।

इन्डियन आइडलका विजेता उत्तराखण्ड निवासी पवनदीपको अमरोहामा दुर्घटनापछि हाल उपचार भइरहेको छ।

यो घटना गत आइतबार राति भएको थियो र सोमबार पवन दीपलाई गम्भीर अवस्थामा नोएडाको सेक्टर–६२ स्थित फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो।

मंगलबार पवनदीपको हिप र तिघ्राको हड्डीको शल्यक्रिया गरिएको छ । यसपछि पनि पवनदीपको अवस्था स्थिर रहेको जनाइएको छ। पवनदीपको थप एक वा दुई शल्यक्रिया हुन सक्ने बताइएको छ ।

अमरोहामा सडक दुर्घटनामा परी घाइते भएका टिभी शो इन्डियन आइडल–१२ का विजेता गायक पवनदीप राजनको पहिलो स्वास्थ्य अपडेट हिजो आएको थियो । नोएडास्थित फोर्टिस अस्पतालमा उपचाररत उनको मंगलबार पवनदीपको हिप र तिघ्राको हड्डीको शल्यक्रिया गरिएको थियो ।

स्वास्थ्य अपडेटका अनुसार पवनदीपको मंगलबार रातिसम्म थप एक वा दुई शल्यक्रिया गरिएको थियो ।  यसपछि मात्र उनको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरे अनुसार भएको छ।

पवनदीप राजनको अर्थोपेडिक टोलीको निगरानीमा उपचार भइरहेको छ । अर्थोपेडिक टोलीका अनुसार उनको धेरै हाड भाँचिएको जनाएको छ। हाल उनी सचेत छन् र उनको अवस्था स्थिर छ। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनले परिवारका सदस्यहरुसँग पनि कुरा गरिसकेका छन् ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register