नेपालकै पहिलो सूर्यपाञ्चायन मन्दिर नाम्दुमा निर्माण हुने

दोलखा । डि.जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले नेपालमै पहिलो पटक दोलखाको नाम्दुमा सूर्यपाञ्चायनको मन्दिर निर्माण गर्न लागेको छ । भारतको बिभिन्न ठाँउमा यो मन्दिर रहेपनि नेपालमा भने अहिलेसम्म यसको निर्माण नभएको प्रतिष्ठानका अध्यक्ष एवम् पशुपति क्षेत्रविकास कोषका पूर्व कार्यकारी निर्देशक रमेश उप्रेतीले बताउनुभयो । दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर– ६ नाम्दु बुस्तिमा रहेको स्व. जगन्नाथ उप्रेतीको […]

Jan 11, 2025 - 15:29
 0
नेपालकै पहिलो सूर्यपाञ्चायन मन्दिर नाम्दुमा निर्माण हुने

दोलखा ।

डि.जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले नेपालमै पहिलो पटक दोलखाको नाम्दुमा सूर्यपाञ्चायनको मन्दिर निर्माण गर्न लागेको छ । भारतको बिभिन्न ठाँउमा यो मन्दिर रहेपनि नेपालमा भने अहिलेसम्म यसको निर्माण नभएको प्रतिष्ठानका अध्यक्ष एवम् पशुपति क्षेत्रविकास कोषका पूर्व कार्यकारी निर्देशक रमेश उप्रेतीले बताउनुभयो ।

दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर– ६ नाम्दु बुस्तिमा रहेको स्व. जगन्नाथ उप्रेतीको पूख्यौली घरको पुर्ननिर्माण तथा सूर्यपाञ्चायन मन्दिर शिलान्यास कार्यक्रममा शनिवार प्रतिष्ठानका अध्यक्ष रमेश उप्रेतीले ऐतिहासीक महत्व रहेको नाम्दुलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न नेपालमै पहिलो पटक सूर्यपाञ्चायन मन्दिर निर्माण गर्न लागिएको बताउनुभयो ।


जुद्द शम्सेरको पालामा खप्तड बाबा नाम्दुमा बसेको र बाबाको सम्पूर्ण व्यवस्थापन नाम्दुका स्व गोपीलाल उप्रेतीले गरेको प्रतिष्ठानका अध्यक्ष रमेश उप्रेतीले बताउनुभयो । खप्तड बाबा नाम्दुमा केही समय रहेर कालिञ्चोक जानुभएको ऐतिहासीक तथ्यलाई आत्मसाथ गर्दै भारत र नेपालका बिभिन्न ठाँउसंग दोलखालाई धार्मिक सर्किटको रुपमा जोडनसके पर्यटन प्रवद्धनमा टेवा पुग्ने प्रतिष्ठानका अध्यक्ष रमेश उप्रेतीको भनाई छ ।

दोलखाकै पवटी हुदै नाम्दु पुग्नु भएका स्व. डि. जगन्नाथ उप्रेतीको १७ छोरा र १२ छोरी रहेको प्रतिष्ठानका कोषाध्यक्ष राजेश उप्रेतीले बताउनुु भयो । नाम्दु, गैरीमुदी लगायतका ठाँउमा रहेका उप्रेतीहरु स्व. डि. जगन्नाथ उप्रेतीकै सन्तान रहेको कोषाध्यक्ष राजेश उप्रेतीको भनाई छ ।


सूर्यपाञ्चायन मन्दिरको शिलान्यास स्व. डि. जगन्नाथ उप्रेतीका सन्ततीहरु बैतेश्वर गाँउपालिकाका उपप्रमुुख कल्पना उप्रेती, समाजसेवी शारदा उप्रेती र उर्मिला उप्रेतीले संयुक्त रुपमा गर्नु भएको थियो । सूर्यपाञ्चायन मन्दिरसंगै पोखरी समेत निर्माण गर्न लागिएको प्रतिष्ठानका कोषाध्यक्ष राजेश उप्रेतीले बताउनुभयो ।


मन्दिर निर्माणको लागि समाजसेवी उर्मिला उप्रेतीले तीन रोपनी छ आना जग्गा निशुल्क उपलब्ध गराउनुभएको प्रतिष्ठानले जनाएको छ । गजुर र छाना नहुने सूर्यपाञ्चायन मन्दिर निर्माणको लागि ५० लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको र यसको लागि सहयोगीहरुले बिभिन्न ढङ्गले सहयोग गर्न सुरु गरेको प्रतिष्ठानका कोषाध्यक्ष राजेश उप्रेतीले बताउनुभएको छ ।

स्व.डि. जगन्नाथ उप्रेतीको पुख्र्यौली घर पुर्ननिर्माण तथा मन्दिर शिलान्यास कार्यक्रममा बागमति प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेले धार्मिक पर्यटन प्रवद्धनको लागि नेपालमै पहिलो पटक नाम्दुमा बन्न लागेको सूर्यपाञ्चायन मन्दिरको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमालेका नेता माधव घिमिरे, बैतेश्वर गाँउपालिकाका प्रमुुख छवि लामा, वडा नम्बर– ६ का वडा अध्यक्ष अशोक तमाङ, प्रतिष्ठानका सचिव हिरण्य उप्रेती लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा नाम्दुको बुस्ती आधारभूत विद्यालयका ६५ जना छात्र– छात्रालाई एसएस फाउण्डेशनको तर्फबाट संरक्षक शोभित उप्रेतीले स्कूल ब्याग उपलब्ध गराउनुभएको विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद घिमिरेले बताउनुभयो ।

तस्विरः १. मन्दिर शिलान्यास कार्यक्रम २. स्व.डि. जगन्नाथ उप्रेतीको मुख्र्यौली घर र ३. एसएस फाउण्डेशनले वितरण गरेको झोला ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register