खुफिया एजेन्सी रअले छानेको थियो एयर स्ट्राइकको लक्ष्य

काठमाडौं । गत २२ अप्रिल २०२५ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा रहेका आतंकवादी अड्डाहरूविरुद्ध कडा कारबाही गरेको छ । ‘अपरेसन सिन्दुर’ नाम दिइएको यो सैन्य कारबाहीमा भारतीय सेना, वायुसेना र नौसेनाले समन्वयात्मक रूपमा हवाई हमलाहरू गरे, जसको खुफिया जानकारी रिसर्च एन्ड एनालिसिस विङ (रअ) ले […]

May 7, 2025 - 04:36
 0
खुफिया एजेन्सी रअले छानेको थियो एयर स्ट्राइकको लक्ष्य

काठमाडौं । गत २२ अप्रिल २०२५ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा रहेका आतंकवादी अड्डाहरूविरुद्ध कडा कारबाही गरेको छ । ‘अपरेसन सिन्दुर’ नाम दिइएको यो सैन्य कारबाहीमा भारतीय सेना, वायुसेना र नौसेनाले समन्वयात्मक रूपमा हवाई हमलाहरू गरे, जसको खुफिया जानकारी रिसर्च एन्ड एनालिसिस विङ (रअ) ले उपलब्ध गराएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।

पहलगाममा भएको आतंकवारी हमलाले भारतलाई झक्झकाएको थियो । यो हमलामा एक जना नेपालीसहित अधिकांश पर्यटक मारिएका थिए । रअले तुरुन्तै सक्रियता देखाउँदै हमलाका लागि जिम्मेवार आतंकवादी समूह र तिनका अड्डाहरूको सटीक जानकारी सङ्कलन गरेकाे भारतीय दाबी छ । प्राप्त खुफिया जानकारीका आधारमा भारतीय सशस्त्र बलले ७ मेको मध्यरातमा छ वटा आतंकवादी अड्डाहरूमा एकसाथ हवाई हमला गरेको भारतीय दाबी छ । उता पाकिस्तानले नागरिक र मस्जिदमा आक्रमण भएको दाबी गरेको छ । भारतीय रक्षा मन्त्रालयले यी हमलाहरूलाई ‘गैर-उत्तेजक’ भनेको छ, किनभने पाकिस्तानी सैन्य सुविधाहरूलाई निशाना बनाइएको थिएन, जसले ठूलो युद्धको जोखिमलाई कम गरेको भारतीय भनाइ छ । तर पाकिस्तानले जवाफी कारबाही गर्ने बताइसकेकाे छ ।

कारबाहीपछि भारतीय सेनाले सामाजिक सञ्जाल एक्स लेखेको छ, ‘न्याय सम्पन्न भयो । जय हिन्द !’  सैन्य स्रोतको हवला दिँदै भारतीय सञ्चार माध्यमहरूले हमलाले आतंकवादी संरचनाहरूलाई ठूलो क्षति पुर्‍याएको छ।

पाकिस्तानको कडा प्रतिक्रिया

पाकिस्तानले यो कारबाहीलाई ‘कायरतापूर्ण’ भन्दै निन्दा गरेको छ । उसले पाँच भारतीय जेट खसालेको र आठ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ, साथै ३५ जना घाइते भएको जनाएको छ । पाकिस्तानी सेनाले ‘आफ्नो समय र स्थानमा जवाफ दिने’ चेतावनी दिएको छ । योसँगै, नियन्त्रण रेखामा सैन्य गतिविधि र साइबर आक्रमणको तीव्रता बढेको छ ।

अन्तर्राष्ट्रिय चासो

यो कारबाहीले आणविक हतियारले सुसज्जित दुई छिमेकी मुलुकहरूबीच तनाव बढाएको छ । अमेरिकी विदेश सचिव मार्को रुबियो र युरोपेली सङ्घले संयम अपनाउन आह्वान गरेका छन् । तर, भारतले यो कारबाहीलाई आतंकवादविरुद्धको अनिवार्य कदम भनेको छ ।

आगामी परिदृश्य

पाकिस्तानको प्रतिशोधको चेतावनी र नियन्त्रण रेखामा बढ्दो तनावले क्षेत्रीय स्थायित्वमाथि प्रश्न उठाएको छ । ‘अपरेसन सिन्दुर’ ले भारतको आतंकवादविरुद्धको नीतिलाई स्पष्ट पारे पनि, यसले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाएको छ ।

भारत र पाकिस्तानमा को कति शक्तिशाली ? 

पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु

भारतको आक्रमणपछि भारत र पाकिस्तान दुवै अलर्ट मोडमा, विद्यालयदेखि एयरस्पेससम्म बन्द

भारतका राफेलसहित पाँच जेट खसालेको पाकिस्तानको दाबी

भारतको क्षेप्यास्त्र आक्रमणबाट पाकिस्तानमा सात जनाको मृत्यु 

अमेरिकाले भन्यो– भारत र पाकिस्तानको अवस्थालाई नजिकबाट नियालिराखेका छौँ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register