भारत र पाकिस्तानमध्ये को शक्तिशाली ?
काठमाडाैं । बुधबार ७ मे २०२५ को प्रारम्भिक समयमा भारतले छिमेकी पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नामक उच्चस्तरीय सैन्य अभियान शुरू गरेको छ । यस अप्रेसनअन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा आतंकवादी समूहहरूका नौवटा आधारहरूमा आक्रमण गरियो । यस अप्रेसनकोे उद्देश्य लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद र हिजबुल मुजाहिदीनजस्ता आतंकबादी समूहहरूका महत्वपूर्ण पूर्वाधारहरूलाई ध्वस्त पार्नु रहेको बताइएको छ । २२ अप्रिलमा […]


काठमाडाैं ।
बुधबार ७ मे २०२५ को प्रारम्भिक समयमा भारतले छिमेकी पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नामक उच्चस्तरीय सैन्य अभियान शुरू गरेको छ ।
यस अप्रेसनअन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा आतंकवादी समूहहरूका नौवटा आधारहरूमा आक्रमण गरियो । यस अप्रेसनकोे उद्देश्य लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद र हिजबुल मुजाहिदीनजस्ता आतंकबादी समूहहरूका महत्वपूर्ण पूर्वाधारहरूलाई ध्वस्त पार्नु रहेको बताइएको छ । २२ अप्रिलमा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना सर्वसाधारणको मृत्यु भएपछि भारतले प्रतिशोधात्मक कारबाहीका लागि योजना बनाएको हो ।
२९ अप्रिलमा प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठकमा प्रतिशोधात्मक कारबाहीको अनुमोदन गरे । बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र प्रमुख रक्षा प्रमुख अनिल चौहानको उपस्थिति थियो । त्यसैको निरन्तरता रुप आज बुधबार भारतमा नागरिक सुरक्षा अभ्यास ‘अपरेशन अभ्यास’ सञ्चालन गर्दै २४४ जिल्लामा हवाई आक्रमण सायरन परीक्षण, ब्ल्याकआउट अभ्यास र आपतकालीन निकासी तालिमजस्ता युद्ध अध्यासहरू पनि सँगसँगै सञ्चालन भइरहेको छ ।
२२ अप्रिलमा जम्मु–कश्मीरको पहलगाम घटनापछि भारतले इन्डस वाटर ट्रीटीको निलम्बन, अटारी सीमा नाका बन्द, पाकिस्तानी नागरिकहरूका भिसा रद्द, पाकिस्तानी कूटनीतिक कर्मचारीको संख्या घटाएको छ । पाकिस्तानले पनि जवाफी कारबाही गर्दै सिमला सम्झौताको निलम्बन, तटीय क्षेत्रमा मिसाइल परीक्षण, भारतसँग व्यापार तथा भिसा सेवा रोक लगाएको छ ।
दक्षिण एसियाली दुई आणविक शक्तिसम्म राष्ट्रबीचको द्वन्द्व नयाँ होइन सात दशक अघिदेखि जारी छ । राष्ट्रबीचको कयौंपटक भएको युद्धका कारण हजारौंको ज्यान गएको छ भने लाखौं घरबारविहीन भएका छन् । सन् १९४७ मा ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तान दुई स्वतन्त्र राष्ट्र बने ।
तर, सँगै दुश्मनीको बिजारोपण पनि रोपियो विभाजनको क्रममा जम्मु–कश्मीर राज्यको राजा हरि सिंहले भारतसँग मिल्ने निर्णय गरेपछि पाकिस्तानले असहमति जनाउँदै आक्रमण गर्यो, जसले पहिलो भारत–पाकिस्तान युद्धको सुरुवात गर्यो । यस युद्धपछि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम भयो र जम्मु–कश्मीरलाई नियन्त्रण रेखा अनुसार भारत र पाकिस्तानले आ–आफ्नो भागमा विभाजन गरे ।
भारत–पाकिस्तानबीच भएका प्रमुख युद्धहरू
– १९४७–४८ पहिलो युद्ध: कश्मीरको स्वामित्वको विषयमा सुरु भएको युद्ध, जसले नियन्त्रण रेखाको स्थापना गर्यो
– १९६५ दोस्रो युद्ध: पाकिस्तानले कश्मीरमा घुसपैठ गरेपछि सुरु भएको युद्ध, जसले ठूलो मात्रामा ट्यांक र सैनिकहरूको प्रयोग गरियो ।
– १९७१ तेस्रो युद्ध: पूर्वी पाकिस्तान (हालको बंगलादेश) को स्वतन्त्रता आन्दोलनमा भारतले समर्थन गरेपछि सुरु भएको युद्ध, जसले बंगलादेशको निर्माण गर्यो।
– १९९९ कारगिल युद्ध: पाकिस्तानी सैनिकहरूले कारगिल क्षेत्रमा घुसपैठ गरेपछि सुरु भएको युद्ध, जसमा भारतले आफ्नो क्षेत्र पुनः प्राप्त गर्यो ।
– २०१६ र २०१९: भारतले उरी र पुलवामा आक्रमणपछि पाकिस्तानमा सर्जिकल स्ट्राइक र हवाई आक्रमण गर्यो, जसले दुई देशबीचको तनाव बढायो ।
– यी बाहेक दुई देशबीच सधैं सीमा क्षेत्रमा तनाव रहँदै आएको छ ।
भारत–पाकिस्तान सैन्य क्षमता कस्को कति :
जनशक्ति तथा बजेटः
भारत : १४,६ लाख सक्रिय सैनिक र ११.५ लाख आरक्षित सैनिक
रक्षा बजेट : ४७९ अर्ब ९६.८१ ट्रिलियन डलर०, अघिल्लो वर्षको तुलनामा ९।५ प्रतिशतले वृद्धि।
पाकिस्तान : ६.५४ लाख सक्रिय सैनिक र ५ लाख अर्धसैनिक बल ।
रक्षा बजेटः ४७।६ अर्ब ९२.२८ ट्रिलियन डलर०।
स्थल सेनाः
भारतः ४,२०० ट्यांक, टी–९० भिष्मा, अर्जुन ट्यांक।
१,४८,५९४ बख्तरबन्द गाडीहरू ।
पाकिस्तानः २,६२७ ट्यांक, टी–८० युडी, अल–खालिद।
वायु सेनाः
भारतः २,२२९ सैन्य विमान, ५१३ लडाकु विमान (रफाल, सु–३० एमकेआई, तेजस)।
८९९ हेलिकप्टर र ६ हवाई ट्यांकर।
पाकिस्तानः १,३९९ सैन्य विमान, ३२८ लडाकु विमान (जेएफ–१७ थन्डर, एफँ–१६)।
३७३ हेलिकप्टर र ४ हवाई ट्यांकर।
नौसेनाः
भारतः २९३ युद्धपोत, २ विमानवाहक पोत (आईएनएस विक्रमादित्य, आईएसएस विक्रान्त)।
१३ विध्वंसक, १८ पनडुब्बी।
पाकिस्तानः १२१ युद्धपोत, ८ पनडुब्बी ।
आणविक शक्तिः
भारतः १३५–१४० आणविक हतियार।
अग्नि–भी मिसाइल(५,२०० किमी दायरा) ।
पाकिस्तानः १४०–१५० आणविक हतियार।
शाहीन–आईआईआई मिसाइल (२,७५० किमी दायरा)।
जनसांख्यिकीय लाभः
भारतः वार्षिक २.४ करोड युवा सैनिक उमेरमा पुग्छन् ।
पाकिस्तानः वार्षिक ४८ लाख युवा सैनिक उमेरमा पुग्छन्।
हतियार आपूर्तिः
भारतः प्रमुख आपूर्तिकर्ताहरू- रुस, फ्रान्स, इजरायल, अमेरिका।
पाकिस्तानः प्रमुख आपूर्तिकर्ताहरू-चीन, टर्की, फ्रान्स, रूस (अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा)
What's Your Reaction?






