मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ मा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । अठारेस्थित भित्री सडकखण्डमा बुधबार बिहान दुर्घटना भएको हो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । राक्सिराङको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको सेतो […]

May 7, 2025 - 05:33
 0
मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ मा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । अठारेस्थित भित्री सडकखण्डमा बुधबार बिहान दुर्घटना भएको हो ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

राक्सिराङको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको सेतो रङको बोलेरो जिप बुधबार बिहान करिब ८ः१५ बजेको समयमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रवक्ता अर्यालले बताए ।

इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरतकुमार खड्काको टोलीले घाइतेहरूको उद्धार गरी मनहरि अस्पताल पठाइएको छ । उक्त बोलेरोमा चालकसहित ९ जना सवार रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

गम्भीर घाइते हुनेहरूमा राक्सिराङ– ९ का १६ वर्षीय हिमाल बस्नेत, अन्दाजी ३५ वर्ष बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान, ६५ वर्षीय फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का रहेका छन् ।

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

यस्तै १४ वर्षीय कुमार तामाङ, २८ वर्षीय सुजन तामाङ र ५० वर्षीय सूर्य अधिकारीको अवस्था मध्यम रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register