धितोपत्र बोर्डले आईपीओ स्वीकृतिका लागि कमिसन मागेको भन्ने विषयमा छानविन गर्न माओवादीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओबादी केन्द्रका सांसदहरुले नेपाल धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषयमा छानविन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठेर बिरोध गर्दै उक्त विषयमा छानविन गर्न माग गरेका हुन् । माओबादी केन्द्रका सांसद माधब सापकोटाले धितोपत्र बोर्डमा कमिसनको खेलमा कारण २२ महिनादेखि ८९ वटा […]

May 7, 2025 - 08:51
 0
धितोपत्र बोर्डले आईपीओ स्वीकृतिका लागि कमिसन मागेको भन्ने विषयमा छानविन गर्न माओवादीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओबादी केन्द्रका सांसदहरुले नेपाल धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषयमा छानविन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठेर बिरोध गर्दै उक्त विषयमा छानविन गर्न माग गरेका हुन् ।

माओबादी केन्द्रका सांसद माधब सापकोटाले धितोपत्र बोर्डमा कमिसनको खेलमा कारण २२ महिनादेखि ८९ वटा कम्पनीको आईपीओको अनुमति रोकिएको बताए । ‘धितोपत्र बोर्डमा कमिसनको खेलका कारण ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको छ ।’ उनले भने ‘ यस विषयमा भरपर्दो संयन्त्रमार्फत छानविन गर्नु पर्‍यो ।’

बोर्डले सानो परियोजनासँग ५ र ठूलासँग ७ प्रतिशतसम्मको बार्गेनिङ गरेको समाचारहरु बाहिरिएको भन्दै सापकोटाले यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र भरपर्दो संयन्त्रबाट उक्त विषयमा छानविन गर्न सरकारलाई रुलिङ गर्न माग गरे ।

यता, नेपाल धितोपत्र बोर्डले भने मंगलबार विज्ञप्ति जारी गर्दै आईपीओ स्वीकृति प्रक्रियामा कमिसन मागेको आरोप भ्रामक भएको बताएको छ । बोर्डले उक्त आरोपहरु पूर्णरुपमा तथ्यहीन र भ्रामक भएको बताएको छ । बोर्डले पूँजी बजार क्षेत्रमा हुन थालेका सुधारसँग अत्तालिएर नियोजित रुपमा यस्ता भ्रामक आरोप लगाएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register