भारतले भन्यो : सीमापार गोलीबारीमा मृत्यु हुने सर्वसाधारणको संख्या १० पुग्यो

काठमाडौं । सीमापार गोलाबारीबाट मारिएका सर्वसाधारणको संख्या १० पुगेको भारतीय पक्षले जनाएको छ । यी सबै मृत्युका घटना भारत र पाकिस्तानबीचको पुंछ जिल्लामा नियन्त्रण रेखा नजिकै भएका हुन् । भारतीय एक सैनिकले बीबीसीलाई दिएको जानकारीअनुसार ३२ जना सर्वसाधारण घाइते भएका छन् । यसैबीच, पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारणको मृत्यु भएको र ४६ जना […]

May 7, 2025 - 08:54
 0
भारतले भन्यो : सीमापार गोलीबारीमा मृत्यु हुने सर्वसाधारणको संख्या १० पुग्यो

काठमाडौं । सीमापार गोलाबारीबाट मारिएका सर्वसाधारणको संख्या १० पुगेको भारतीय पक्षले जनाएको छ ।

यी सबै मृत्युका घटना भारत र पाकिस्तानबीचको पुंछ जिल्लामा नियन्त्रण रेखा नजिकै भएका हुन् ।

भारतीय एक सैनिकले बीबीसीलाई दिएको जानकारीअनुसार ३२ जना सर्वसाधारण घाइते भएका छन् ।

यसैबीच, पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले नियन्त्रण रेखामा भारतीय हवाई आक्रमण र गोलीबारीमा २६ जनाको मृत्यु भएको बताएका हुन् ।

भारतले पाकिस्तान प्रशासित कश्मीरमा गरेको आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् ।

यसको जानकारी अजहर आफैले दिएको बीबीसी उर्दूको समाचारमा उल्लेख छ ।

साथै आक्रमणबाट उनका ६ जना नजिकका साथीको पनि ज्यान गएको छ ।

अजहर भारतको संसद्देखि मुम्बईसम्ममा आक्रमणमा संग्लग्न व्यक्ति हुन् ।

सन् २०१९ मा अजहरलाई विश्वव्यापी आतङ्कवादीको रुपमा घोषणा गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register