विदेश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६० वर्षीय लक्ष्मण चापागाईं, ३९ वर्षीय अशोक मण्डल, २० वर्षीय बाल सुन्दर भारती र २७ वर्षीय चण्डिका उप्रेती रहेका छन् । पीडितहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँका […]

Jun 10, 2025 - 13:21
 0
विदेश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६० वर्षीय लक्ष्मण चापागाईं, ३९ वर्षीय अशोक मण्डल, २० वर्षीय बाल सुन्दर भारती र २७ वर्षीय चण्डिका उप्रेती रहेका छन् ।

पीडितहरुले दिएको उजुरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुले राम्रो काम र आकर्षक तलब हुने प्रलोभन देखाएर पीडितबाट लाखौँ रकम ठगी गरेका थिए ।

प्रहरीका अनुसार चापागाईंले युके पठाउने भन्दै ५ लाख १४ हजार, मण्डलले मलेसिया पठाउने भन्दै ६ लाख, भारतीले पोर्चुगल पठाउने भन्दै तीन लाख र उप्रेतीले न्युजिल्याण्ड पठाउने भन्दै ५० हजार रुपैयाँ ठगी गरेरे सम्पर्क विहीन भएका थिए ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register