अमेरिकी दूतावासको चेतावनी – अवैध रुपमा अमेरिका जान खोज्दा ज्यान गुमाउन सक्नुहुन्छ

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाली नागरिकलाई गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रयास नगर्न स्पष्ट चेतावनी दिएको छ । दूतावासले आफ्नो सन्देशमा भनेको छ, “आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि गैरकानुनी बाटो नअपनाउनुहोस् ।” अवैध रुपमा अमेरिका जान खोज्दा फाइदाभन्दा धेरै जोखिम भएकोले ज्यानसमेत जानसक्ने चेतावनी दिइएको छ । दूतावासले भनेको छ, “गैरकानुनी बाटो अपनाउनेहरू […]

May 7, 2025 - 10:39
 0
अमेरिकी दूतावासको चेतावनी – अवैध रुपमा अमेरिका जान खोज्दा ज्यान गुमाउन सक्नुहुन्छ

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाली नागरिकलाई गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रयास नगर्न स्पष्ट चेतावनी दिएको छ ।

दूतावासले आफ्नो सन्देशमा भनेको छ, “आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि गैरकानुनी बाटो नअपनाउनुहोस् ।” अवैध रुपमा अमेरिका जान खोज्दा फाइदाभन्दा धेरै जोखिम भएकोले ज्यानसमेत जानसक्ने चेतावनी दिइएको छ ।

दूतावासले भनेको छ, “गैरकानुनी बाटो अपनाउनेहरू ठगहरूको झुटो आश्वासनमा परेका हुन्छन्, यी बाटोहरू जोखिमपूर्ण मात्र होइन, तपाईंलाई भविष्यमा कानुनी रूपमा अमेरिका जान सक्ने अधिकारबाट पनि वञ्चित गराउँछन् ।”

अवैध आप्रवासनबाट मानव तस्करी, श्रम शोषण, असुरक्षित यात्रा र स्थायी प्रतिबन्धजस्ता समस्या आउन सक्ने भएकाले सबै नेपाली नागरिकलाई यस्ता गतिविधिबाट टाढा रहन र सुरक्षित, कानुनी माध्यमबाट मात्र विदेश यात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register