प्रधानमन्त्री कप विजेताले पायो १० लाख

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भैरहवामा भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले हराउँदै उपाधि जितेको हो । यससँगै पुलिसले नगद १० लाख रुपैयाँसहित आकर्षक ट्रफी हात पारेको छ । उपविजेतामा सीमित त्रिभुवन आर्मी क्लबले नगद पाँच पाँच लाखसहित रनरअप […]

Mar 30, 2025 - 00:05
 0
प्रधानमन्त्री कप विजेताले पायो १० लाख

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भैरहवामा भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले हराउँदै उपाधि जितेको हो । यससँगै पुलिसले नगद १० लाख रुपैयाँसहित आकर्षक ट्रफी हात पारेको छ ।

उपविजेतामा सीमित त्रिभुवन आर्मी क्लबले नगद पाँच पाँच लाखसहित रनरअप ट्रफी पाएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । यसबाहेक अन्य थुप्रैले विभिन्न पुरस्कार जितेका छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेले नगद पाँच हजार पाएका थिए भने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भए । उनले नौ खेलमा तीन सय ७४ रन बनाए । सो क्रममा उनले एक शतकसहित ४२ वटा चौका र दुईवटा छक्का प्रहार गरेका थिए । उत्कृष्ट ब्याट्सम्यानका रूपमा उनले बजाजको एनएस–२०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरेका छन् ।

नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले बजाजको दुईवटा एनएस–२०० मोडेलको मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा घोषित राजवंशीलाई दुईवटा मोटरसाइकल प्रदान गरिएको चन्दले जानकारी दिए । राजवंशीले फाइनलसहित गरी १० खेलमा ४१ विकेट लिएका थिए ।

यस्तै, उदीयमान खेलाडी नेपाल आर्मीका तृतराज दास घोषित भए । उनले ५० हजारसहित क्रिकेट किट प्राप्त गरेका छन् ।
–रासस

आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register