भ्रष्टाचार आर्जनबाट विदेशमा लुकाइएको सम्पत्ति फिर्ता गर्न सरकारले चाहेन : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरेर विदेशमा लुकाइएका सम्पत्ति फिर्ता ल्याउन सरकारले नै नचाहेको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सिंगापुर, अमेरिका र युरोपमा लुकाइएका सम्पत्ति फिर्ताका लागि ती मुलुक सहमत रहेपनि नेपाल सरकारले नै नचाहेको उल्लेख गरे । हामीले अहिलेपनि सिंगापुर, […]

May 7, 2025 - 10:39
 0
भ्रष्टाचार आर्जनबाट विदेशमा लुकाइएको सम्पत्ति फिर्ता गर्न सरकारले चाहेन : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरेर विदेशमा लुकाइएका सम्पत्ति फिर्ता ल्याउन सरकारले नै नचाहेको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सिंगापुर, अमेरिका र युरोपमा लुकाइएका सम्पत्ति फिर्ताका लागि ती मुलुक सहमत रहेपनि नेपाल सरकारले नै नचाहेको उल्लेख गरे ।

हामीले अहिलेपनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन। यसमा तपाईँहरूले सहयोग गर्नुपर्यो,’ प्रमुख आयुक्त राईले समितिमा भने सिंगापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन। कार्यदल बनाएपनि काम भइरहेको छैन।’

अख्तियारले भ्रष्टाचारमा संलग्न उपल्लो तहका नेतालाई समेत कारबाहीको दायरामा ल्याउन चाहेपनि अभियुक्त कर्मचारीहरूले अहसयोग गर्दा सफल नभएको बताए । ‘बलिको बोको कर्मचारी मात्रै भयो भन्ने जनगुनासो छ छ । उपल्लो तहको मान्छेका सन्दर्भमा बयान लिइएका कर्मचारी नै केही बोल्दैनन्,’ उनले भने ।

कर्मचारीले सुचना नचुहाउँदा उपल्लो तहकाहरूको हकमा अनुसन्धान प्रभावित हुँदै आएको उनले बताए । आफुले कार्यकाल सम्हालेसँगै राजनीतिक नेतृत्व जोडिएको भ्रष्टाचार मुद्दा पनि अघि बढेको उनको जिकिर छ । ‘विगतमा के भयो थाहा छैन ।मैले कार्यकाल सम्हालेपछि कुनैपनि राजनीतिक नेतृत्वको मुद्दा नलैजानु भनेको छैन । भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छेलाई अनुसन्धान अघि बढाएजस्तो लाग्छ,’ उनले भने ।

प्रमुख आयुक्त राईले भ्रष्टाचार मुलुकभित्र मात्र नभएर अन्तर्राष्ट्रियकरण भएको बताए ।  भ्रष्टाचारमा संलग्न हुँदै गैरआवासीय नागरिक बन्नकाहरूको  संख्या उल्लेख्य मात्रामा रहेको राईको दाबी छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register