प्रतिवन्धित औषधी र ब्राउन सुगरसहित १२ जना पक्राउ

झापा, २५ वैशाख । झापा, मोरङ, सुनसरी, भोजपुर र धनकुटाको विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३ हजार ९० [...] The post प्रतिवन्धित औषधी र ब्राउन सुगरसहित १२ जना पक्राउ appeared first on Jhapa Online.

May 8, 2025 - 08:58
 0
प्रतिवन्धित औषधी र ब्राउन सुगरसहित १२ जना पक्राउ

झापा, २५ वैशाख । झापा, मोरङ, सुनसरी, भोजपुर र धनकुटाको विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २४ गते सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३ हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट रDIAZEPAM-३० एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङ बिराटनगर–१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी–४ का १९ वर्षीय हेमराज बिश्वकर्मा, १८ वर्षीय सुदिप बिश्वकर्मा र सुनसरी इटहरी –४ का १९ वर्षीय एलेक्स सुबेदीलाई ब्राउन सुगर ३ ग्राम १ मिलिग्राम र प्रहरी चौकी गछियाले सुन्दरहरैचा–३ का २७ वर्षीय गोबर्धन गुरुङ, २६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, २० वर्षीय बिशाल उराउलाई प्रतिवन्धित औषधी ट्रमाडोल– १ हजार ३ सय ३० ट्याब्लेट र ब्राउन सुगर १ ग्राम १८ मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी–८ का वर्ष २७ को सुनिल लिम्बुलाई औषधी TRAMADOL-१ सय ५० क्याप्सुल सहित र प्रहरी चौकी शनिश्वरेले अर्जुनधारा–८ का ३२ अर्जुन राजवंशीलाई ब्राउन सुगर ४ ग्राम ४ मिलिग्राम र औषधी ९ एम्पुल सहित पक्राउ गरेको छ ।

सोही दिन धनकुटा छथरजोरपाटी गाँउपालिका–६ स्थितमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सोही स्थानका २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बुलाई ब्राउन सुगर २ सय १० मिलिग्राम र निषेधित औषधी–८ क्याप्सुल सहित पक्राउ गरेको छ, भने प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलिले भोजपुर हतुवागढी गाँउपालिका–९ स्थितबाट ब्राउन सुगर ७ सय ५० मिलिग्राम बरामद गरेको छ ।

The post प्रतिवन्धित औषधी र ब्राउन सुगरसहित १२ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register