नेपालको निर्यात बढ्यो, १ खर्ब ५८ अर्ब १७ करोड पुग्यो

झापा, २७ चैत । आर्थिक वर्ष २०८१–८२ को आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको आठ महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले यस अवधिमा निर्यात बढेर १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले [...] The post नेपालको निर्यात बढ्यो, १ खर्ब ५८ अर्ब १७ करोड पुग्यो appeared first on Jhapa Online.

Apr 9, 2025 - 16:41
 0
नेपालको निर्यात बढ्यो, १ खर्ब ५८ अर्ब १७ करोड पुग्यो

झापा, २७ चैत । आर्थिक वर्ष २०८१–८२ को आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको आठ महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले यस अवधिमा निर्यात बढेर १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुस लगायतका वस्तुको निर्यात घटेको छ ।

आठ महिनामा नेपालमा वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २।७ प्रतिशतले कमी आएको थियो । आठ महिनामा मुलुकको कुल वस्तु व्यापार घाटा ६।२ प्रतिशतले बढेर ९खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ ।

The post नेपालको निर्यात बढ्यो, १ खर्ब ५८ अर्ब १७ करोड पुग्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register