भारत–पाक तनाव : सशस्त्र प्रहरीले राख्यो १८४४ स्थानमा चेकप्वाइन्ट, १० हजार बढी सशस्त्र प्रहरी परिचालन

झापा, २६ बैशाख । सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ। भारत–पाकिस्तान द्वन्द्वपछि सिमानामा कडाइ गरेको सशस्त्र प्रहरीले यस्तो सक्रियता देखाएको हो। वैशाख २३ गते मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा [...] The post भारत–पाक तनाव : सशस्त्र प्रहरीले राख्यो १८४४ स्थानमा चेकप्वाइन्ट, १० हजार बढी सशस्त्र प्रहरी परिचालन appeared first on Jhapa Online.

May 9, 2025 - 02:01
 0
भारत–पाक तनाव : सशस्त्र प्रहरीले राख्यो १८४४ स्थानमा चेकप्वाइन्ट, १० हजार बढी सशस्त्र प्रहरी परिचालन

झापा, २६ बैशाख । सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ।

भारत–पाकिस्तान द्वन्द्वपछि सिमानामा कडाइ गरेको सशस्त्र प्रहरीले यस्तो सक्रियता देखाएको हो। वैशाख २३ गते मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोल गरेको एपीएफले जनाएको छ।

ती क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरुबाट १० हजार भन्दा बढी सशस्त्र प्रहरी जनशक्ति परिचालन गरिएको छ।

The post भारत–पाक तनाव : सशस्त्र प्रहरीले राख्यो १८४४ स्थानमा चेकप्वाइन्ट, १० हजार बढी सशस्त्र प्रहरी परिचालन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register