भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर

काठमाडौं । भारत र पाकिस्तानबीच रातभर गोलीबारी भएको छ । भारत र पाकिस्तानलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई भारत र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चार माध्यहरूले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरूले पाकिस्तानी सेनाले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको जनाएका छन् । पाकिस्तानी आक्रमणमा परी उरीमा […]

May 9, 2025 - 02:00
 0
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर

काठमाडौं । भारत र पाकिस्तानबीच रातभर गोलीबारी भएको छ । भारत र पाकिस्तानलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई भारत र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चार माध्यहरूले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरूले पाकिस्तानी सेनाले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको जनाएका छन् । पाकिस्तानी आक्रमणमा परी उरीमा एक भारतीय महिलाको मृत्यु भएको भारतीयपक्ष्को दाबी छ ।

भारतीयपक्षले पाकिस्तानी तीनवटा लडाकु विमान र एक जासुसी विमान खसालेको दाबी गरेको छ । भारतले दुईवटा जेएफ–१७ र एक एफ–१६ तथा एक जासुसी विमान खसालेको दाबी गरेको छ ।

उता पाकिस्तानले भने यसरी भारतमा आक्रमण नगरेको दाबी गरेको छ । तर भारतका एक दर्जनभन्दा बढी स्थानमा विस्फोटक घटना भएका छन् ।

यसअघि भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरेको थियो जसमा ३१ जनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।

यसरी तनाव बढेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार रातिको खेल बीचमै रोकियो । पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीच हिमाचलको धर्मशालामा भइरहेको खेल ११ ओभर हुँदा पाकिस्तानी सेनाले भारतका विभिन्न स्थानमा आक्रमण गरेको खबरहरू आएका थिए । त्यसपछि धर्मशालामा ब्ल्याकआउट गरियो र खेल पनि रोकियो ।

उता पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरू पाकिस्तानबाट यूएई सिफ्ट गरिएको छ ।

यसरी भारत र पाकिस्तान आक्रमणमा उत्रिएपछि अमेरिकी अपिल सार्वजनिक भएको छ । अमेरिकाले दुवै देशलाई आक्रमण बन्द गर्नए अपिल गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रूसले प्रेस ब्रिफिङका क्रममा भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अपिल गरेकी हुन् । उनले ‘अमेरिकाको यो सन्देश छ कि हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ । मध्य–पूर्वले युद्ध समाधान नभएको पुष्टि गरेको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register