इलाममा बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

सविता पाण्डेइलाम, ११ चैत । बालिका बलात्कार गरेको आरोपमा माइ नगरपालिका–२ का २४ वर्षे केशव गिरीलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई ६ गते साँझ फकाइ फुल्याइ माई नगरपालिका–२ सितली स्थित चिया बगानमा लगेर बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ पर्नेमा घटना मिलाउन पिडक पक्षलाई [...] The post इलाममा बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ appeared first on Jhapa Online.

Mar 24, 2025 - 10:27
 0
इलाममा बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

सविता पाण्डे
इलाम, ११ चैत ।
बालिका बलात्कार गरेको आरोपमा माइ नगरपालिका–२ का २४ वर्षे केशव गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकालाई ६ गते साँझ फकाइ फुल्याइ माई नगरपालिका–२ सितली स्थित चिया बगानमा लगेर बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पक्राउ पर्नेमा घटना मिलाउन पिडक पक्षलाई नगद दिने माई नगरपालिका–२ बस्ने वर्ष ५८ को केदार नाथ गिरी, सोही स्थान बस्ने बर्ष ४३ को यादव भन्ने नारायण गिरी र सोही स्थान बस्ने वर्ष ३८ को पाँचथरे भन्ने तुलाधर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनु भयो ।

पक्राउ परेका अर्यालले आफ्नो घरमा पीडित पक्षलाई बोलाई तीन लाख रुपैयाँ दिएको खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानको क्रममा उक्त रकम पीडितकी आमाको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत इलाममा उपस्थित गराई दिन ७ म्याद थप भई जिल्ला प्रहरी कार्यालय इलाममा राखी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

The post इलाममा बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register