अमेरिका र ओमान बीचको खेलमा बन्यो दुई विश्व कीर्तिमान

काठमाडौं । अमेरिका र ओमानबीच भएको एकदिवसीय क्रिकेट खेलमा दुई विश्व कीर्तिमान बनेका छन् । पहिलो रेकर्ड हो – दुवै टोलीले फास्ट बलर प्रयोग गरेनन् । दोस्रो – अमेरिकाले पुरुष एकदिवसीय क्रिकेट खेलको इतिहासमा सबैभन्दा कम १२२ रन स्कोरको रक्षा गर्ने रेकर्ड बनायो । यद्यपि, यसमा कम ओभर भएका खेलहरू वा संशोधित लक्ष्य भएका खेलहरू […]

Feb 19, 2025 - 08:22
 0
अमेरिका र ओमान बीचको खेलमा बन्यो दुई विश्व कीर्तिमान

काठमाडौं । अमेरिका र ओमानबीच भएको एकदिवसीय क्रिकेट खेलमा दुई विश्व कीर्तिमान बनेका छन् ।

पहिलो रेकर्ड हो – दुवै टोलीले फास्ट बलर प्रयोग गरेनन् । दोस्रो – अमेरिकाले पुरुष एकदिवसीय क्रिकेट खेलको इतिहासमा सबैभन्दा कम १२२ रन स्कोरको रक्षा गर्ने रेकर्ड बनायो ।

यद्यपि, यसमा कम ओभर भएका खेलहरू वा संशोधित लक्ष्य भएका खेलहरू समावेश छैनन् ।

यस विश्वकप लिग-२ खेलमा जम्मा ६१ ओभर बलिङ भएको थियो र सबै ओभर स्पीनरले बलिङ गरेका थिए ।

मङ्गलबार भएको खेलमा अमेरिकाले आयोजक ओमानलाई ५७ रनले पराजित गरेको थियो । अमेरिकी क्रिकेट टोलीले ३५.३ ओभरमा १२२ रन बनाएको थियो ।

अमेरिकी स्पिनर नोशातुश केन्जिगेले ११ रन खर्चेर पाँच विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register