एन्फाको साधारणभसामा गणेश थापालाई रोक्दा तनाव

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेशमा रोक लगाइएपछि तनाव भएको छ । थापाले सामाजिक सञ्जालमा भिडियो लाइभ गरी साधारणसभा स्थलको अवस्थाबारे जानकारी गराएका छन् । शुक्रबार एन्फाको साधारणसभा काभ्रेको धुलिखेलमा आयोजना गरिएको छ । साधारणसभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकिएको छ […]

May 9, 2025 - 06:27
 0
एन्फाको साधारणभसामा गणेश थापालाई रोक्दा तनाव

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेशमा रोक लगाइएपछि तनाव भएको छ । थापाले सामाजिक सञ्जालमा भिडियो लाइभ गरी साधारणसभा स्थलको अवस्थाबारे जानकारी गराएका छन् । शुक्रबार एन्फाको साधारणसभा काभ्रेको धुलिखेलमा आयोजना गरिएको छ ।

साधारणसभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकिएको छ । भ्रष्टाचार प्रकरणमा १० वर्षका लागि थापालाई फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाएको थियो । त्यसपछि उनी फुटबलमा निष्क्रिय थिए । तर, पटकपटक सामाजिक सञ्जाल तथा मिडियाबाट उनी एन्फाका गतिविधिको आलोचना गरिरहन्थे । १० वर्षे प्रतिबन्ध १५ अप्रिलमा पूरा भएपछि उनी फेरि फुटबलमा सक्रिय हुन थालेका छन् । जुन कुरा अहिलेको एन्फा नेतृत्वलाई मन परेको छैन ।

आफूलाई साधारणसभामा जानबाट रोक्न सकिने आकलनका साथ यसअघि नै थापाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सो रिटमा उनकै पक्षमा फैसला भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register