भारत र पाकिस्तान तनावका कारण नेपालीलाई परेका समस्या समाधानका लागि सभामुखको रूलिङ
काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तान तनावका कारण नेपालीलाई परेका समस्या समाधनको पहल गर्न सरकारलाई रूलिङ गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूको उद्दारको माग गरेका थिए । यस्तै दुई मुलुकबीचको तनावको असर नेपाललाई समेत पर्ने भएकाले यसप्रति सजगताका लागि सरकारको ध्यानाकर्षण गराउँदै सरकारलाई रूलिङको माग राखेका थिए । प्रतिनिधसभाको […]

काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तान तनावका कारण नेपालीलाई परेका समस्या समाधनको पहल गर्न सरकारलाई रूलिङ गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूको उद्दारको माग गरेका थिए । यस्तै दुई मुलुकबीचको तनावको असर नेपाललाई समेत पर्ने भएकाले यसप्रति सजगताका लागि सरकारको ध्यानाकर्षण गराउँदै सरकारलाई रूलिङको माग राखेका थिए ।
प्रतिनिधसभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले भने,’भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टीगत गर्दै त्यहाँ बस्ने नेपालीहरूको सुरक्षा लगायत पर्नसक्ने संभावित समस्याप्रति आवश्यक व्यवस्थापन गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
अप्रिल २६ मा पहलगाममा आतंकवादी हमलाको जवाफमा भारतले अपरेशन सिन्दुर चलाइरहेको छ । दुई मुलुकबीच भीषण हमला जारी रहेको अवस्थामा नेपालीहरूको सुरक्षालाई ध्यान दिन सभामुखले रूलिङ गरेका हुन् ।
What's Your Reaction?






