गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । रास्वपा संसदीय दलको कार्यलय, सिंहदरबारमा सोमबार दिउँसो ४ बजे बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । बैठकमा पार्टीले आगामी दिनमा सदनमा निभाउनुपर्ने भुमिकाको विषयमा पनि छलफल हुने बताइएको छ । गत बुधबार […]

May 26, 2025 - 07:17
 0
गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

रास्वपा संसदीय दलको कार्यलय, सिंहदरबारमा सोमबार दिउँसो ४ बजे बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा पार्टीले आगामी दिनमा सदनमा निभाउनुपर्ने भुमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।

गत बुधबार अध्यागमनका कर्मचारी सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए । यसमा गृहमन्त्रीको सचिवालयको समेत संलग्नता रहेको खुलेको छ ।

गृहमन्त्रीको सचिवालयमा रहेका जनक भट्टदेखि गणेश ओझाको नाम मुछिएको छ । यस्तै, यसअघि नै भिजिट भिसाको आवरणमा मानवतस्करीमा जोडिएका अध्यागमन अधिकृत विमल पौडेल पनि लेखककै सचिवालयमा रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register