भारतीय रक्षा मन्त्रालयले भन्यो : बारामुल्लादेखि भुजसम्म २६ स्थानमा शंकास्पद ड्रोन देखियो

काठमाडौं । भारतीय रक्षा मन्त्रालयका अनुसार बारामुल्लादेखि भुजसम्म २६ ठाउँमा शंकास्पद ड्रोनहरू देखिएका छन् । यी शंकास्पद सशस्त्र ड्रोनले नागरिक र सैन्य लक्ष्यहरूलाई हानि पुर्याउन सक्ने भन्दै मन्त्रालयले सचेत गराएको छ । यी ड्रोनहरू बारामुल्ला, श्रीनगर, अवन्तिपोरा, नगरोटा, जम्मू, फिरोजपुर, पठानकोट, फाजिल्का, लालगढ जट्टा, जैसलमेर, बारमेर, भुज, कुआरबेट र लाखी नालाको अन्तर्राष्ट्रिय सीमा र पाकिस्तानसँगको […]

May 10, 2025 - 02:04
 0
भारतीय रक्षा मन्त्रालयले भन्यो : बारामुल्लादेखि भुजसम्म २६ स्थानमा शंकास्पद ड्रोन देखियो

काठमाडौं । भारतीय रक्षा मन्त्रालयका अनुसार बारामुल्लादेखि भुजसम्म २६ ठाउँमा शंकास्पद ड्रोनहरू देखिएका छन् । यी शंकास्पद सशस्त्र ड्रोनले नागरिक र सैन्य लक्ष्यहरूलाई हानि पुर्याउन सक्ने भन्दै मन्त्रालयले सचेत गराएको छ ।

यी ड्रोनहरू बारामुल्ला, श्रीनगर, अवन्तिपोरा, नगरोटा, जम्मू, फिरोजपुर, पठानकोट, फाजिल्का, लालगढ जट्टा, जैसलमेर, बारमेर, भुज, कुआरबेट र लाखी नालाको अन्तर्राष्ट्रिय सीमा र पाकिस्तानसँगको नियन्त्रण रेखानजिक देखिएका छन् ।

फिरोजपुरको एक नागरिक क्षेत्रमा यस्तै ड्रोनले आक्रमण गरेको बीबीसीको समाचारमा उल्लेख छ । यस आक्रमणमा धेरै स्थानीय बासिन्दा गम्भीर घाइते भएकाे बताइएकाे छ । घाइतेको संख्या भने खुलाइएको छैन । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र सुरक्षा बलहरूले उक्त क्षेत्रमा खोजी गरिरहेका छन् ।

रक्षा मन्त्रालयले भनेको छ, ‘भारतीय सशस्त्र बलहरू सतर्क छन् र त्यस्ता सबै हवाई खतरालाई काउन्टर–ड्रोन प्रणालीहरूद्वारा सम्बोधन गरिँदैछ । हामी हरेक परिस्थितिमा नजिकबाट निगरानी गरिरहेका छौं र आवश्यकताअनुसार तुरुन्तै कारबाही भइरहेको छ ।’

रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई घरभित्रै रहन र स्थानीय रूपमा जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न सल्लाह दिएको छ । भारतीय सेनाले आत्तिनु नपर्ने तर सतर्कता आवश्यक रहेको बताएको छ ।

अमृतसर, पठानकोट र श्रीनगरमा एकपछि अर्को विस्फोट, जम्मू र पुंछमा स्थिति तनावपूर्ण

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register