आर्सनललाई पराजित गर्दै पीएसजी फाइनलमा, इन्टरसँग उपाधि भिडन्त

काठमाडौं । आर्सनललाई पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा पीएसजीले इंग्लिस क्लब आर्सनललाई २–० गोलअन्तरले हराएको हो । पहिलो लेगमा पीएसजी १–० गोलले अघि थियो । यससँगै समग्रमा उसले ३–१ को जित हासिल गरेको छ । यससँगै […]

May 8, 2025 - 02:27
 0
आर्सनललाई पराजित गर्दै पीएसजी फाइनलमा, इन्टरसँग उपाधि भिडन्त

काठमाडौं । आर्सनललाई पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिहान घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा पीएसजीले इंग्लिस क्लब आर्सनललाई २–० गोलअन्तरले हराएको हो ।

पहिलो लेगमा पीएसजी १–० गोलले अघि थियो । यससँगै समग्रमा उसले ३–१ को जित हासिल गरेको छ ।

यससँगै आर्सनलको सनसनीपूर्ण यात्रा सेमिफाइनलबाट टुंगिएको छ ।

पीएसजीले खेलको २७ औँ मिनेटमा नै फाबियन रुइजको गोलमा अग्रता लिएको थियो । यसपछि आचरफ हकिमीले ७२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए ।

बुकायो साकाले ७६ औँ मिनेटमा गोल गरेर आर्सनललाई खेलमा फर्काउने कोसिस गरे । तर थप गोल हुन नसकेपछि खेल पीएसजीले जितेर फाइनल निश्चित गर्यो ।

अब पीएसजीले इटालियन क्लब इन्टर मिलानसँग उपाधि भिडन्त गर्नेछ । फाइनल खेल जर्मनीको म्युनिखमा मे ३१ मा हुनेछ । इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई हराएर फाइनल पक्का गरेको हो ।

इन्टर च्याम्पियन्स लिगको तीन पटकको विजेता हो भने पीएसजी पहिलो उपाधिको खोजीमा छ ।

बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register