बुमराहको नयाँ कीर्तिमान : २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर

काठमाडौं । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट क्रिकेटमा भारतीय फास्ट बलर जसप्रित बुमराहले नयाँ कीर्तिमान बनाएका छन् । बुमराह २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका हुन् । उनले द्दरेलु टोली अष्ट्रेलियाका ट्राभिस हेडको विकेट लिएर उनले यो कीर्तिमान बनाएका हुन् । यससँगै बुमराह ४४ खेलमा २०० टेस्ट विकेट लिन सफल भएका छन् […]

Dec 29, 2024 - 04:18
 0
बुमराहको नयाँ कीर्तिमान : २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर

काठमाडौं । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट क्रिकेटमा भारतीय फास्ट बलर जसप्रित बुमराहले नयाँ कीर्तिमान बनाएका छन् ।

बुमराह २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका हुन् । उनले द्दरेलु टोली अष्ट्रेलियाका ट्राभिस हेडको विकेट लिएर उनले यो कीर्तिमान बनाएका हुन् ।

यससँगै बुमराह ४४ खेलमा २०० टेस्ट विकेट लिन सफल भएका छन् । यसअघि भारतीय स्पिन बलर रविचन्द्रन अश्विनले ३७ खेलमा यो उपलब्धि हासिल गरेका थिए । बुमराह दोस्रो भारतीय बलर बनेका हुन् ।

बुमराहले आईसीसीको पछिल्लो टेस्ट वरीयतामा ९०४ अंक जोडेका छन् । बलरको वरीयतामा उनी पहिलो स्थानमा छन् ।

आइतबार चौथो दिनको खेल सुरु भएको केही समयपछि भारतको पहिलो पारी ३६९ रनमा समेटिएको थियो । अष्ट्रेलियाले पहिलो पारीमा ४७४ रन बनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register