विदेश राज्यमन्त्रीको भारत–पाकिस्तान भ्रमणबारे साउदी सरकारले भन्यो : हाम्रो उद्देश्य सैन्य द्वन्द्व रोक्नु थियो

काठमाडौं । साउदी अरेबिया सरकारकले आफ्ना विदेश राज्यमन्त्रीको भारत र पाकिस्तानको भ्रमणको उद्देश्य दुई देशबीच जारी सैन्य द्वन्द्व रोक्नु तथा संवाद र कूटनीतिक माध्यमबाट सबै विवाद समाधान गर्नु रहेको बताएको छ । विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री अदेल अल–जुबैरको भारत र पाकिस्तान भ्रमणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । ‘साउदी अरेबियाको नेतृत्वको […]

May 10, 2025 - 06:58
 0
विदेश राज्यमन्त्रीको भारत–पाकिस्तान भ्रमणबारे साउदी सरकारले भन्यो : हाम्रो उद्देश्य सैन्य द्वन्द्व रोक्नु थियो

काठमाडौं । साउदी अरेबिया सरकारकले आफ्ना विदेश राज्यमन्त्रीको भारत र पाकिस्तानको भ्रमणको उद्देश्य दुई देशबीच जारी सैन्य द्वन्द्व रोक्नु तथा संवाद र कूटनीतिक माध्यमबाट सबै विवाद समाधान गर्नु रहेको बताएको छ ।

विदेश मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राज्यमन्त्री अदेल अल–जुबैरको भारत र पाकिस्तान भ्रमणबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

‘साउदी अरेबियाको नेतृत्वको निर्देशनमा विदेश राज्यमन्त्री तथा जलवायु दूत अदेल अल–जुबैरले मे ८ र ९, २०२५ को बीचमा भारत र पाकिस्तानको भ्रमण गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमणको उद्देश्य दुई देशबीच जारी सैन्य द्वन्द्व रोक्नु र संवाद र कूटनीतिक माध्यमबाट सबै विवाद समाधान गर्नु रहेको थियो ।’

भारत भ्रमणका क्रममा साउदीका विदेश राज्यमन्त्री अल–जुबैरले भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेटेका थिए ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी भ्रमणमा गएका बेला जम्मू–कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । त्यसलगत्तै मोदी भ्रमण छोट्याएर फर्किएका थिए ।

हिन्दू पहिचान भएका पर्यटकलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको हत्या गरिएको थियो ।

साउदीका विदेशमन्त्री अल–जुबैरले मे ८ र ९ को बीचमा पाकिस्तानको पनि भ्रमण गरेका थिए ।

साउदीका विदेश राज्यमन्त्रीसँग भारतीय विदेशमन्त्रीको भेट : आतंकवादसँग दृढतापूर्वक लड्ने विचार साझा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register